नेपाल–मोरक्को द्विपक्षीय परामर्श संयन्त्र गठन



हाम्रो इकोनोमि

काठमाडौँ । नेपाल र मोरक्को अधिराज्यबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि मोरक्कोका राजदूत मोहमेद मल्लिकीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन ।

कार्यक्रममा सचिव बैरागीले उक्त संयन्त्रले पारस्परिक हित र सहयोगका सबै क्षेत्रमा दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल गर्ने बताउँदै राजनीतिक, आर्थिक, व्यापार, वाणिज्य, लगानी, वित्त, औद्योगिक क्षेत्र, शिक्षा, सामाजिक विकास र विज्ञान तथा प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने जानकारी गराए ।

नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र समूह–७७ मा रहेर अन्तर्राष्ट्रिय शान्ति, मानवाधिकार, जलवायु परिवर्तन र सुरक्षाका क्षेत्रमा साझा धारणा प्रस्तुत गर्दैै सहकार्य गरिरहेका उनले जानकारी गराए ।

मोरक्कोले भूकम्पपछि नेपाललाई १० लाख अमेरिकी डलर सहायतास्वरुप उपलब्ध गराएको स्मरण गर्दै उनले मोरक्कोलाई अन्तर्राष्ट्रिय कानून आयोग, अन्तर्राष्ट्रिय न्यायालय र राष्ट्रसंघीय मानवाधिकार परिषद्मा नेपालले सहयोग गरेको र मोरक्कोले नेपाललाई अब हुने राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा सघाउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

राजदूत मल्लिकीले आफ्नो मुलुक वैभवशाली नभए पनि मित्र मुलुकलाई समस्या परेका बेला सधैँ सहयोग गर्दै आएको र नेपाली विद्यार्थीका लागि विज्ञान र प्रविधिका क्षेत्रमा छात्रवृत्ति बढाउने आश्वासन दिँदै द्विपक्षीय सहयोगलाई अझ फलदायी तुल्याउन आफू प्रतिबद्ध रहने बताए ।

 

प्रतिक्रिया दिनुहोस
अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...