ओखरपौवामा फोहोर फाल्न नदिने, अब हिलाे-धुलाे काठमाडाैंमा दुर्गन्ध पनि थपिने



हाम्रो इकोनोमि

नुवाकोट ओखरपौवामा काठमाडाैं उपत्यकाको फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध पु-याएका छन् । वर्षाको समयमा फोहोर व्यवस्थापनमा काठमाडाैं महानगरपालिकाले लापरवाही गरेको भन्दै विरोधमा आज बिहानैदेखि स्थानीय बासिन्दाले फोहोर बोकेर ओखरपौवा आइपुगेका गाडी रोकेर अवरोध गरेका छन् ।

स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर डम्पिङ क्षेत्र ओखरपौवा आइपुगेका एक सयभन्दा बढी गाडी बीच सडकमा नै रोकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिए । स्थानीय बासिन्दाले फोहोर फाल्ने डम्पिङ क्षेत्रमा फोहोरको विर्सजनपश्चात् दुर्गन्ध फैलन नदिन माटोले पुर्नुपर्ने र औषधि छर्केर रोगको संक्रमण नियन्त्रण गर्नुपर्ने दुईबुँदे माग राखेर फोहोर फ्याक्न अवरोध पु-याएका हुन् ।

यस अघिदेखि नै स्थानीयवासीले फोहोर व्यवस्थापनमा सुधारको माग राख्दै आए पनि बेवास्था गरेपछि बाध्य भएर रोक्नुपरेको ककनी गाँउपालिका–२ का वडा अध्यक्ष घननाथ बज्रगार्इंले बताए । “हाम्रो माग धेरै भए पनि तत्कालको लागि फोहोरको दुर्गन्ध रोक्न दुईबुँदे माग राखेका छाैं,” वडा अध्यक्ष बज्रगाईंले भने “अब यसको विकल्प खोज्नको लागि समेत ध्यानाकर्षण गराउँछौ, तीन वर्षको लागि सहमति भए पनि १३ वर्ष भइसकेकाले सधैँको लागि बन्द गराउन लागेका छौँ ।” अवरोध खुलाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि एंव जनप्रतिनिधि र स्थानीयबासिन्दाबीच प्रयास शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...