टेलिकमको अफरै अफर, फोन उठाउँदा बोनस पाइने साथै इन्टरनेट शुल्क पनि घट्यो



नेपाल टेलिकमले जीएसएमरसीडीएमए तथा एडीएसएलरएफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर ल्याएको छ । अफर अनुसार टेलिकमले विदेशबाट आएको कल उठाउदा पनि अब बोनस दिने जनाएको छ । यो अफर भोलिदेखि लागू भई ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार जीएसएमरसीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।यस्तै टेलिकमले १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक रु. १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ । पहिले मासिक १०१७ मा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि रु. १९८० शुल्क लिइएकोमा अब १५ जीबी डाटा रु. ३००– मै उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी २५ जीबी डाटाको रु. ५०० र ४० जीबीको डाटाको मूल्य रु. ७०० तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुनेछ ।त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक रु. ५०० भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक रु. २०० र अनलिमिटेड डाटाको लागि रु. ३०० दर्ता शुल्क तोकिएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले