काठमाण्डौंका आधा दर्जन ठाउँमा लोडसेडिङ हुने, कारण यस्तो !



नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती हुन लागेको हो । सो केन्द्रका नायब प्रबन्धक दीपक धितालकाअनुसार बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार शनिबारसम्म हुनेछ ।

प्राधिकरणले वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रमा पनि विद्युत् कटौती हुने जनाएको छ । आजदेखि पाँच दिनसम्म चन्द्रनिगाहारपुर, हेटाँैडा, सिमरा, ढल्केबर र परवानीपुर क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्रसारण प्रणालीमा सुधार तथा प्रसारण लाइन निर्माणका कारण विद्युत् कटौती गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका