नौ कमाण्डर सहित १ सय ४९ जना मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी नौ जना कमाण्डर सहित कम्तीमा १४९ जनाको मृत्यु भएको छ ।

गत चौविस घण्टाको अवधिमा अन्य ११६ जना घाइते पनि भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

“अफगान सुरक्षा फौजले देशभरीका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएको थियो, त्यसक्रममा नौ जना कमाण्डर सहित कम्तीमा १४९ जना लडाकूहरु मारिएका छन् । अरु तीन जना अलकायदाका सदस्य थिए भने आठ जना इस्लामिक स्टेट(आइएस)का लडाकू थिए,” मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ ।

सुरक्षा कारबाही नान्गार्हार, कुनार, नुरिस्टान, कापिसा, वर्डाक, पाक्टीअ, पाक्टीका, उरोज्गान, हेराट, घोर, कुन्दुज, फार्याब, बाघलान, बाडाखशान र हेल्मन्ड प्रान्तमा भएको मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायहरुले १७ ओटा ‘क्लिनअप अपे्रसन’, २५ विषेश सुरक्षा कारबाही र दुई रात्रिकालिन सुरक्षा कारबाही ११ प्रान्तमा गरेको थियो ।

तर सुरक्षा निकाय तर्फ कुनै क्षति भएको वा नभएको बारेमा वक्तव्यमा केही उल्लेख गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...