झोलामा खोला बोक्नेलाइ उर्जा मन्त्रीको टार्गेट, घट्ला त अब घुसको रेट !



नवनियुक्त उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको बधाई तथा शुभकामना र संक्षिप्त अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मन्त्री शाहीले बुढीगण्डकी परियोजना निर्माण कम्पनीले समयमै काम गर्न नसके उक्त सम्झौता रद्द गर्ने बताएका हुन् । उनले भने,‘सम्झौता भए अनुसार समयसिमाभित्रै काम गर्न सकेन भने हामी उक्त सम्झौता तत्काल खारेज गर्छौं।’ त्यस्तै उनले उक्त परियोजनाबारे मुआब्जा दिने काम पनि भैरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै उनले यसअघि १६ अर्ब मुआब्जा रकम निकासा भैसकेको र अहिले १० अर्ब निकासाको तयारीमा रहेको जनाए । उनले भने,‘मुआब्जाकोलागि करिब ६० अर्ब रुपैयाँ रकम चाहिनेछ, मुआब्जाको समस्या हामी समयमै हल गर्छौं।’
मन्त्री शाहीले झोलामा खोला बोकेर हिँड्ने तर काम नगर्ने दलालीहरुलाई समेत कारबाही गर्ने चेतावनी दिए । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उनको योजना रहेको छ ।

त्यस्तै उनले विद्युत क्षेत्रको विकासको लागि उर्जा उत्पादनमा वृद्धि गरिनेपनि जनाए । उनले भने,‘उर्जा उत्पादनको लागि हाम्रो विशेष फोकस हुन्छ, मन्त्रालयमा बजेट कति छ, अनि जनताले शेयर ’त्यस्तै मन्त्री शाहीले अब लोडसेडिङ् नहुने समेत जिकिर गरे । यद्धपी उनले ट्रान्समिसन लाईन मर्मत गर्दा र काम गर्दा केही क्षण डिस्टर्व भएपनि समग्रमा लोडसेडिङ् नहुने दाबी गरे ।
शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन । त्यस्तै उनले विद्युत व्यवस्थापन गर्नको लागि कम पावरको बल्ब र फ्यानहरुको प्रयोग गर्नुपर्ने बताए । शाहीले विद्युतभार कटौती अन्त्य गरेर मात्रै नपुग्ने र माग पूर्तिका लागि विद्युत् उत्पादनमा जोड दिनुपर्ने योजना दिए । सरकारी र राष्ट्रिय पुँजीपतिवर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइने उनले स्प्ष्ट पारे ।

मन्त्री शाहीले राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकता अनुसार विदेशी लगानी भित्र्र्याइने समेत विश्वास दिलाए ।
उनले भने,‘जनताको हितमा निर्णय लिनको लागि म मर्नपनि तयार छु, मुलुकलाई सँधैभरि परनिर्भर बनाईरहन खोज्ने दलालहरु र पुँजीपतिहरुलाई क्रश गर्नुपर्छ, हजारौं आयोजनाहरु अघि बढाउनुपर्छ, ढोंगी राष्ट्रवादले देश बन्दैन्।’शाहीले मुलुक र जनताको हितको पक्षमा निर्णय लिनको लागि आफू कसैसँगपनि नडराउने स्पष्ट पारे । उनले भने,‘मर्नदेखि मलाई कुनै डर छैन, अख्तियार र अदालतले केही गर्छ भन्ने कुराबाट म डराउनेवाला छैन, जेल जान र मर्नपनि म तयार छु, तर जनता र देशको हितमा निर्णय लिने कुराबाट एक ईन्चपनि पछि हट्दिन्।’

उनले आफूले पदभार सम्हालेलगत्तै मन्त्रालय मातहतका निकायका प्रमुख र कर्मचारीलाई इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिईसकेको समेत जानकारी दिए । उक्त मन्त्रालयमा पाच करोड तलको घुषको कारोबार नहुने मन्त्रालय श्रोतको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका