२० प्रतिशत विद्युत् महसुल बढाउन प्रस्ताव



हाम्रो इकोनोमि

नेपाल विद्युत् प्राधिकरणले २० प्रतिशत महसुल वृद्धि गर्न गर्न प्रस्ताव गरेको छ । घरायसी ग्राहकलाई असर नपर्नेगरी प्राधिकरणले औद्योगिक ग्राहकलाई महसुल वृद्धि गर्ने प्रस्ताव गरेको हो । आयोगले गत वर्षको साउनदेखि लागू हुने गरी बिजुलीको महसुलमा २० प्रतिशत वृद्धि गरेको थियो । चार महिना अघिदेखि नै चालू आवदेखि लागू हुनेगरी प्राधिकरणले महसुल वृद्धिका लागि प्रक्रिया अघि बढाए पनि स्थानीय चुनावका कारण ढिलाइ भएर बल्ल प्रस्ताव पठाएको हो ।

आयोगका अध्यक्ष जगत भुषालले प्राधिकरणले महसुल वृद्धिका लागि प्रस्ताव गरेको र यसबारे अध्ययन अघि बढाउने बताए । “प्रस्ताव आएको छ, सदस्यहरूलाई प्रस्ताव वितरण गरेका छौं, अब छलफल हुन्छ,” उनले भने, “छलफलको आधारमा महसुल बढाउने-नबढाउने निर्णय हुन्छ ।”

प्राधिकरणले गरेको प्रस्तावमा औद्योगिक क्षेत्रका ग्राहकलाई सरदर २० प्रतिशतसम्म वृद्धि गर्नेगरी प्रस्ताव गरिएको छ भने घरायसी ग्राहकलाई न्यूनतम ३० युनिट राखिएकोमा १० युनिटमा झार्न प्रस्ताव गरिएको छ ।

प्राधिकरणका अनुसार प्रस्ताव पारित भएमा घरायसी ग्राहकको महसुल खासै बढ्नेछैन भने अन्य ग्राहकको महसुल वृद्धि हुनेछ । यसैगरी प्राधिकरणले महसुल आयोगलाई प्रत्येक वर्ष स्वतः ५ प्रतिशत बढाउने प्रावधान कार्यान्वयन गर्नसमेत प्रस्ताव गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
आयल निगमले भन्यो १५ दिनमा पाँच अर्ब ७५ करोड घाटा हुन्छ

  नेलाल आयल निगमले मूल्य वृद्धि पश्चात पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...

इरानको पावर प्लान्टमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले...