घर किन्दा श्रीमती फ्री यो बिज्ञापन यसरी मच्चायो विश्वभर तहल्का



हाम्रो इकोनोमि

विभिन्न मालवस्तु बेच्नका लागि बिक्रेताहरुले अनेक खाले अफर ल्याउाछन् । एउटा सामान किन्दा अर्को सामान सित्तैमा दिने अफर सबैभन्दा चल्तीको अफर हो । यही अफरको चरम रुपका रुपमा घर किन्दा श्रीमती सित्तैमा दिने अफर सार्वजनिक भएको छ ।

इण्डोनेसियामा घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल समेत बनेको छ ।

एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषहरुले आफुलाई श्रीमतीको रुपमा पाउने घोषणा समेत गरेकी छिन् ।

यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसाग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’

विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसागै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।

यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ ।

जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपिहा अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।

एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।

कतिपयले उनलाई घोचपेच गरेर खिल्ली उडाइरहेका छन् । यो समाचार प्रकाशित भएपछि यस बारेमा सोध्नका लागि आफ्नो घरमा प्रहरी समेत आएको र मान्छेले दिएका प्रतिक्रिया र पत्रकारका व्यवहारबाट आफु दुखी बनेको उनी बताउाछिन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...