भारतीय राष्ट्रपति कोविन्दले लिए शपथ ग्रहण



हाम्रो इकोनोमि

नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिए । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए ।

सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।

भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार रहनुभएका उहाँ ६५ प्रतिशत मत प्राप्त गरी हालैमात्र निर्वाचित भएका थिए ।
आजै बिहान राष्ट्रपति कोविन्दले आफ्नी पत्नीसहित राजघाटस्थित महात्मा गान्धीको स्मारकमा पुगी उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । एकहत्तर बर्षिय कोविन्दलाई विशेष सवारीका साथ राष्ट्रपति भवनमा प्रवेश गराइएको थियो । त्यस बखत त्यहाँ उपस्थित विशिष्ट व्यक्तिले उनलाई स्वागत गरेका थिए ।

भारतीय दलित समुदायको प्रतिनिधित्व गरेका राष्ट्रपति कोविन्दले शपथ ग्रहण पछि दिएको मन्तव्यमा आफूले सधैं न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै भारतीय नागरिक समग्र भारतको विकासका लागि उर्जाको स्रोत हुन् भनेका छन् । उनको शसपथका लागि भारतीय राष्ट्रपति भवन सजाएर निकै आकर्षक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...