काबुलमा आत्मघाती आक्रमण २४ जनाको मृत्यु, ४२ घाइते



काबुल । पश्चिमी काबुलमा सोमबार भएको आत्मघाती कारबम हमलामा परी २४ जनाको मृत्यु भएको छ।

सरकारी कर्मचारी बोकेको एक बसलाई लक्षित गरी गरिएको आक्रमणमा २४ को मृत्यु हुनुका साथै अन्य ४२ जना घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।

सरकारी कर्मचारी लक्षित गरी गरिएको आत्मघाती कारबम आक्रमण शक्तिशाली भएको प्रहरीले जनाएको छ।

बिहानको व्यस्त समयमा सरकारी कर्मचारी बोकेको बसलाई कारबम विष्फोटमा पारिएको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले जानकारी दिए।

कारबम आत्मघाती आक्रमणमा परी मारिएका र घाइते अधिकांश सर्वसाधारण र केही कर्मचारी पनि रहेका प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

स्थानीय समयानुसार सोमबार बिहान ७ बजे भएको यस आत्मघाती आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको छ।

आज भएको यो आक्रमण प्रख्यात राजनीतिज्ञ तथा पूर्वसेनापति मोहमद मोहकेकको भवन नजिकै भएको थियो। सन् २०१७ को सुरुबाट छ महिनाभित्र अफगानिस्तानमा भएका हत्या हिंसामा नागरिक मारिने क्रम निकै बढेको छ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले हालै तयार गरेको एक प्रतिवेदनअनुसार २०१७ मा अफगानिस्तानमा द्वन्द्वमा परी एक हजार ६६२ सर्वसाधारणको मृत्यु भएको छ।

यसरी मारिनेमा प्रायः सर्वसाधारण नै रहेका हुन्छन्। सरकार विरोधी बललगायत आतंककारी समूह तालिवान र इस्लामिक स्टेट्सले जारी राखेको आक्रमणमा उनीहरु मारिएका हुन्।

गत मे महिनामा काबुलमा भएको ट्रक आक्रमणमा १५० भन्दा बढी व्यक्ति मारिनुका साथै सयौँ घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं