साउन २७ बाट हाइड्रोपावरको १ करोड ५ लाख कित्ता शेयर आउँदै
सानिमा माई हाइड्रोपावर लिमिटेडले शत्प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
हाइड्रोपावर लिमिटेडले १ बराबर १ ९१ः१० अनुपातमा साउन २७ गतेदेखि भदौ २९ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ । कम्पनीको शेयरधनिका लागि प्रति शेयर एक सय अङ्कित दरले हकप्रदत्ता शेयर निष्कासन गर्न लागेको हो । दोस्रो बजारमा आइतवार रू।.१ हजार १ सय १९ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू.१ सय अङ्कित दरमा खरीद गर्न पाइने छ ।
कम्पनीको साउन ८ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनिहरुले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल लिमिटेड र सानिमा बैङ्कका शाखाहरु उपत्यका भित्र चुच्चेपाटि, कलंकी, कुमारीपाटी ललितपुर, महाराजगंज, न्युरोड, सुर्यबिनायक र उपत्यका बाहिर बिराटनगर, बिरगञ्ज, बिर्तामोड, बुटवल, दमक, धरान, नारायणगढ पोखरा र धरान लाहानबाट आवेदन दिन सकिन्छ ।
हकप्रद शेयर निष्कासन बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू.२ अर्ब ११ करोड पुग्नेछ । त्यसैगरी, कम्पनीको प्रक्षपित वित्तिय विवरण अनुसार आव २०७४र७५ मा जम्मा शेयरपूँजी रू. २ अर्ब ५१ करोड २२ लाख ६६ हजार पुग्ने प्रक्षपण गरिएको छ ।