आन्दोलनका क्रममा सय जनाको मृत्यु



हाम्रो इकोनोमि

भेनेजुयलामा भइरहेको सरकार विरोधि आन्दोलनका क्रममा गत अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ ।

राष्ट्रपति निकोलस माडुरोको भूिमका देशका लागि ठीक नभएकाले उहाँले राजिनामा दिनु पर्ने माग गर्दै भेनेजुयलामा देशव्यापी प्रदर्शन सहितको आन्दोलन भइरहेको छ ।

पछिल्लो समय गत बिहीबार मात्रै १५ बर्षीय एक युवक पश्चिमी राज्य जुलिअमा मारिएका थिए । उनको मृत्युको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

विपक्षी दलको आह्वानमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा अरु केही घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

इन्धनको मूल्यमा भारी गिरावट आएपछि चरम आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा अत्यावश्यकीय सामाग्रीको समेत अभाव हुन थालेको छ ।

सरकारले अर्थतन्त्र तथा प्रजातान्त्रिक संगठनको कुशल व्यवस्थापन गर्न नसक्दा मुलुकले चरम संकट खेप्नुपरेको विपक्षीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...