ग्रीसमा ६.७ म्यानिच्युडको भूकम्प, २ को मृत्यु, थप विवरण आउन बाँकी



हाम्रो इकोनोमि

ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको समाचार छ ।

शुक्रबार आएको ६.७ म्यानिच्युड मापन गरिएको यस भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भदा बढी घाइते भएका छन् ।

यसमा परी मृत्यु भएका दुवै नागरिक विदेशी भएको बताइएको छ । अरु कैयौँ घाइते नागरिकको उद्वार जारी छ ।

टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०ं३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ ।

यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भन्दा बढी घाइते भएका कोसस्थित अस्पतालका एक अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...