ग्रीसमा ६.७ म्यानिच्युडको भूकम्प, २ को मृत्यु, थप विवरण आउन बाँकी



ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको समाचार छ ।

शुक्रबार आएको ६.७ म्यानिच्युड मापन गरिएको यस भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भदा बढी घाइते भएका छन् ।

यसमा परी मृत्यु भएका दुवै नागरिक विदेशी भएको बताइएको छ । अरु कैयौँ घाइते नागरिकको उद्वार जारी छ ।

टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०ं३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ ।

यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भन्दा बढी घाइते भएका कोसस्थित अस्पतालका एक अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको