प्रहरी थुनाभित्रै एक युवा मारिएपछि तनाव



हाम्रो इकोनोमि

भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको समाचार छ ।

सामुहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ ।

सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार सयौँको सङ्ख्याका प्रदर्शनकारीले प्रहरी यातनाका विरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका कारण सिमलाका होटल ब्यवसाय बन्द गरिएको छ । बिहीबार विद्यालय र विश्वविद्यालय पनि बन्द भएका छन् भने प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले हिरासतमा राखेका व्यक्तिलाई मार्न पाइँदैन, हामीलाई न्याय चाहिन्छ भन्दै नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँसले प्रहार गरेको थियो ।

केही दिनमात्र अघि एक युवतीलाई सामुहिक बलात्कार गरी हत्या गरेको आरोपमा छ जनालाई सो जेलमा राखिएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

स्थानीय नागरिकले हत्यामा संलग्नको खोजीमा प्रहरी चुस्त हुन नसकेको जनाएका छन् । उनीहरुले उक्त घटनामा अझै धेरैको संलग्नता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...