प्रहरी थुनाभित्रै एक युवा मारिएपछि तनाव



भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको समाचार छ ।

सामुहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ ।

सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार सयौँको सङ्ख्याका प्रदर्शनकारीले प्रहरी यातनाका विरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनका कारण सिमलाका होटल ब्यवसाय बन्द गरिएको छ । बिहीबार विद्यालय र विश्वविद्यालय पनि बन्द भएका छन् भने प्रदर्शनकारीहरुले हिंसात्मक प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले हिरासतमा राखेका व्यक्तिलाई मार्न पाइँदैन, हामीलाई न्याय चाहिन्छ भन्दै नाराबाजी गरेका थिए । त्यस क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्याँसले प्रहार गरेको थियो ।

केही दिनमात्र अघि एक युवतीलाई सामुहिक बलात्कार गरी हत्या गरेको आरोपमा छ जनालाई सो जेलमा राखिएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान जारी रहेको जनाएको छ ।

स्थानीय नागरिकले हत्यामा संलग्नको खोजीमा प्रहरी चुस्त हुन नसकेको जनाएका छन् । उनीहरुले उक्त घटनामा अझै धेरैको संलग्नता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले