प्राधिकरणद्वारा पचास करोड अठसट्ठी लाख राजश्व संकलन



नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आर्थिक वर्ष २०७३–७४ मा विद्युत् महसुलबाट रु ५० करोड ६८ लाख ७० हजार संकलन गरेको छ ।

आव २०७२–७३ मा विद्युत् बिक्री वितरणबाट रु ३१ करोड ७६ लाख ७० हजार संकलन भएकामा आव २०७३–७४ मा रु १९ करोड रकम असुलीमा वृद्धि भएको शाखा प्रमुख विक्रम अमात्यले जानकारी दिनुभयो ।

प्राधिकरणले विद्युत् चुहावट गर्ने ३१७ जनालाई कारबाही गरी रु एक करोड २१ लाख २७ हजार, कालोसूचीमा परेका ६८ ग्राहकबाट रु ३७ लाख २५ हजार, लाइन काटिएका ४३ ग्राहकबाट रु ४० लाख ५६ हजार, पाँच हजार ग्राहकको बाकस फेर्ने र मिटर सिल गरेबापत रु २२ लाख ९१ हजार संकलन गरेको छ ।

आव २०७२–७३ मा विद्युत् चुहावट गर्ने ७२ जनालाई कारबाही गरी रु १२ लाख ६६ हजार, कालोसूचीमा परेका ४० जनाबाट रु २३ लाख ६१ हजार र लाइन काटिएका १५७ ग्राहकबाट रु २५ लाख पाँच हजार राजश्व असुली गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका