प्राधिकरणद्वारा पचास करोड अठसट्ठी लाख राजश्व संकलन



हाम्रो इकोनोमि

नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आर्थिक वर्ष २०७३–७४ मा विद्युत् महसुलबाट रु ५० करोड ६८ लाख ७० हजार संकलन गरेको छ ।

आव २०७२–७३ मा विद्युत् बिक्री वितरणबाट रु ३१ करोड ७६ लाख ७० हजार संकलन भएकामा आव २०७३–७४ मा रु १९ करोड रकम असुलीमा वृद्धि भएको शाखा प्रमुख विक्रम अमात्यले जानकारी दिनुभयो ।

प्राधिकरणले विद्युत् चुहावट गर्ने ३१७ जनालाई कारबाही गरी रु एक करोड २१ लाख २७ हजार, कालोसूचीमा परेका ६८ ग्राहकबाट रु ३७ लाख २५ हजार, लाइन काटिएका ४३ ग्राहकबाट रु ४० लाख ५६ हजार, पाँच हजार ग्राहकको बाकस फेर्ने र मिटर सिल गरेबापत रु २२ लाख ९१ हजार संकलन गरेको छ ।

आव २०७२–७३ मा विद्युत् चुहावट गर्ने ७२ जनालाई कारबाही गरी रु १२ लाख ६६ हजार, कालोसूचीमा परेका ४० जनाबाट रु २३ लाख ६१ हजार र लाइन काटिएका १५७ ग्राहकबाट रु २५ लाख पाँच हजार राजश्व असुली गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...