अष्ट्रेलियाली विदेशमन्त्री भारतमा



हाम्रो इकोनोमि

अष्ट्रेलियाली विदेशमन्त्री जोली विशप दुई दिने भ्रमणका लागि मङ्गलबार भारत पुग्नुभएको छ ।

दुई दिने सो भ्रमणका क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, आफ्ना समकक्षी भारतीय विदेशमन्त्री सुषमा स्वराज र अन्य वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नुहुने छ ।

यस भेटवार्ताका क्रममा द्विपक्षीय विविध विषयहरुका अतिरिक्त प्रतिरक्षा, व्यापार र संयुक्त लगानीका विषयमा कुराकानी हुनेछ ।

सो वार्ताका क्रममा अष्ट्रेलियाबाट भारतमा युरेनियम आपूर्ति गर्ने विषयमा पनि कुराकानी हुने भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस भ्रमणका क्रमा केही सम्झौताहरु पनि हुने जनाइएको छ । तर सम्झौता के विषयमा हो भन्ने बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...