जलवायु परिवर्तनका कारण समुद्री सतह अझ बढ्नसक्ने वैज्ञानिकहरुको दावी



हाम्रो इकोनोमि

क्यानबेरा । जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन् ।

आगामी १०० बर्षमा समुद्री सतहमा बृद्धि हुने र यो सबै मानिसका कारण पृथ्वीमा आएको तापमानका कारण हुने अनुमान उनीहरुको छ ।

जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विभिन्न देशका बैज्ञानिकहरुको अष्ट्रेलियामा जारी रहेको यससम्बन्धी सम्मेलनमा उनीहरुको सो धारणा आएको हो ।

उनीहरुले मानवीय स्वभाव, कार्यशैली र व्यावहारका कारण विश्वमा जलवायु परिवर्तनको मात्रामा बृद्धि हुदै गएको र आगामी कम्तीमा पनि १०० बर्षमा यो मात्रा खतरनाक रुपमा बढ्ने बताएका हुन् ।

अन्तरसरकारी वैज्ञानिक सम्मेलनमा सहभागी एकजना बैज्ञानिक डा.भ्यालेरी मासुन देलमेटोले बढ्दो मानवीय चापका साथै मानवीय व्यावहारले यो क्षेत्रमा ठूलो असर गर्ने बताउनुभएको हो ।

उहाँले पछिल्ला दशकमा जलवायु परिवर्तनको असर देखिएको र यसले प्रत्यक्ष रुपमा नै समुद्री सतहमा बृद्धि जारी रहेको पनि बताउनुभयो ।

विश्वका कतिपय समुद्रमा समुद्री सतहमा जमेको बरफका ढिक्काहरु पग्लिने क्रम सुरु भइसकेको र कतिपय अवस्थामा त्यो पग्लिँदै गएकोले सोही बरफको ढिक्काका कारण समुद्री सतहमा पनि बृद्धि भइरहेको देखिएको जनाएका छन् ।

ग्रिनल्याण्डमा बरफका ढिक्काहरु निरन्तर रुपमा पग्लिँदै गएका, ग्लासिएर तालहरु पग्लिएका र त्यसको मात्रामा पनि बृद्धि भइरहेकोले जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रुपमा देखिने गरेको उहाँले बताउनुभयो ।

यसले समुद्री सतहको बृद्धिमा भूमिका खेलेको बैज्ञानिकहरुको भनाई छ । मानवीय कारणले नै विश्वव्यापी उष्णताको मात्रामा प्रतिबर्ष बृद्धि भइरहेको उनीहरुको भनाई छ ।

सन् २००७ देखि २०१० सम्म सिरियामा देखिएको खडेरी, ग्रिनल्याण्डमा बरफका ढिक्काहरु पग्निले क्रम र पृथ्वीका कुनै भूभागमा देखिएका अल्प एवम् अनाबृष्टिजस्ता असरहरु देखा परिरहेकोले जलवायु परिवर्तनको प्रभाव सही सावित पनि भएको धारणा उनीहरुको थियो ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...