जलवायु परिवर्तनका कारण समुद्री सतह अझ बढ्नसक्ने वैज्ञानिकहरुको दावी



क्यानबेरा । जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन् ।

आगामी १०० बर्षमा समुद्री सतहमा बृद्धि हुने र यो सबै मानिसका कारण पृथ्वीमा आएको तापमानका कारण हुने अनुमान उनीहरुको छ ।

जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विभिन्न देशका बैज्ञानिकहरुको अष्ट्रेलियामा जारी रहेको यससम्बन्धी सम्मेलनमा उनीहरुको सो धारणा आएको हो ।

उनीहरुले मानवीय स्वभाव, कार्यशैली र व्यावहारका कारण विश्वमा जलवायु परिवर्तनको मात्रामा बृद्धि हुदै गएको र आगामी कम्तीमा पनि १०० बर्षमा यो मात्रा खतरनाक रुपमा बढ्ने बताएका हुन् ।

अन्तरसरकारी वैज्ञानिक सम्मेलनमा सहभागी एकजना बैज्ञानिक डा.भ्यालेरी मासुन देलमेटोले बढ्दो मानवीय चापका साथै मानवीय व्यावहारले यो क्षेत्रमा ठूलो असर गर्ने बताउनुभएको हो ।

उहाँले पछिल्ला दशकमा जलवायु परिवर्तनको असर देखिएको र यसले प्रत्यक्ष रुपमा नै समुद्री सतहमा बृद्धि जारी रहेको पनि बताउनुभयो ।

विश्वका कतिपय समुद्रमा समुद्री सतहमा जमेको बरफका ढिक्काहरु पग्लिने क्रम सुरु भइसकेको र कतिपय अवस्थामा त्यो पग्लिँदै गएकोले सोही बरफको ढिक्काका कारण समुद्री सतहमा पनि बृद्धि भइरहेको देखिएको जनाएका छन् ।

ग्रिनल्याण्डमा बरफका ढिक्काहरु निरन्तर रुपमा पग्लिँदै गएका, ग्लासिएर तालहरु पग्लिएका र त्यसको मात्रामा पनि बृद्धि भइरहेकोले जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रुपमा देखिने गरेको उहाँले बताउनुभयो ।

यसले समुद्री सतहको बृद्धिमा भूमिका खेलेको बैज्ञानिकहरुको भनाई छ । मानवीय कारणले नै विश्वव्यापी उष्णताको मात्रामा प्रतिबर्ष बृद्धि भइरहेको उनीहरुको भनाई छ ।

सन् २००७ देखि २०१० सम्म सिरियामा देखिएको खडेरी, ग्रिनल्याण्डमा बरफका ढिक्काहरु पग्निले क्रम र पृथ्वीका कुनै भूभागमा देखिएका अल्प एवम् अनाबृष्टिजस्ता असरहरु देखा परिरहेकोले जलवायु परिवर्तनको प्रभाव सही सावित पनि भएको धारणा उनीहरुको थियो ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले