डुङ्गा डुब्दा ३४ सैनिक बेपत्ता



क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुङ्गा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन् ।

वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू रहेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । सेनाले आईतबार भएको सो घटनामा उद्धार समुह भन्दा बाहिरका अरु तीन जना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।

सैन्य डुङ्गामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुङगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू पनि ढुवानी गरिएको थियो ।
रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुङ्गा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताउनुभयो ।

पानीको तरङ्ग अत्यधिक हुने ठाँउमा भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एअर प्युरिफायरको माग बढदै

    बिभिन्न मानबिय र प्राकृतिक कारण काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेको छ

भारतमा गाडी दुर्घटना, सात नेपालीको मृत्यु

    भारतको नैनीताल क्षेत्रमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिर जमानीमा छुटे

  ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका