साहित्यमा शक्ती थपिरहेकी लताको तिख्खर कलम



गजलकारको भिडमा छुट्टै पहिचान बनाउन सफल गजलकार सहित गीतकारको परिचयमा बाँधिएकी लता राना मिठासले भरिएका रचना रच्नमा खप्पिस छिन। इलामकी उनले सुन्दर रचनालाई प्राथमिकता दिन थालेको धेरै भईसक्यो। थरि थरिका रसमा भिजेर साहित्यको पोखरीमा पौडी खेल्ने उनले मिहिन ढंगले शब्दलाई खेलाउने गरेकी छिन।

यो मायाले मेरो मनमा आँधी हुरी चलाएको छ
सुक्दै गाको मुना फेरि झाँगिएर पलाएको छ

कसैलाई यो मायाले जिन्दगीमा हसाएको छ
मेरो भने भित्र भित्रै मन मुटु जलाएको छ

सफलताको सिखर चड्ने मेरा मनका चाहानाहरु
गन्तव्यमा पुग्नु अघि बिच बाटैमा गलाएको छ

माथि उल्लेख गरिएको गजल जस्तै दमदार रचना उन्न माहिर उनले दर्जनौ गीत पनि लेखेकी छिन । माया प्रेम सुख दुखका बिम्बलाई समेटेर उनले साहित्यको भण्डार भरिरहेकी छिन।त्यो मात्र नभएर उनले जन्म दिने आमालाई यसरी सम्झने गरेकी छिन।

थोपा थोपा रगत बटुलेर यो धर्ती मा टेकाउने आमा
अनगिन्ती पिडा सहदैं राम्रो बाटो देखाउने आमा

देश भक्तीले भरिएका रचना निर्माण गर्नमा पनि उनि उत्तिकै अब्बल छिन। नेपाल आम शिर्षकको उनको दमदार कबिता अर्को शक्ती बनेर उदाएको छ।
नेपाल आमा
( सन्तान को खाँचो )
सन्तान को पिरले मेरो त आजकाल
खुब छाती दुख्न थालेको छ
मेरो माया मेरै सन्तति हरुलाइ
भरपुर सन्तुस्ठी मिलेको छैन क्यारे
त्यसैले होला उनीहरुलाई यो बुढोहडडिको
काख पनि बिझाउन थालेको छ
न्याय र अन्यायको मेरा दुई आँखाहरु पनि
बुढेयौलिले धेरै कम्जोर भैसकेका छ्न
त्यसैले होला उनिहरु सधैं नै
मसंगै रोड्याइँ गरिरहन्छन
छालाबाटै हड्डीका आकार प्रकार
देखि सकेको यो आमा छाडेर
मेरा कति सन्तान हरु निस्ठुरी भए भए
म न त भन्न सक्छु नत गन्न नै
अमर छोरा त मर्यो अरुको के कुरा
तर वीर भने जिउँदै छ अरे खै कता हो
छोरी सान्ती कता गै अत्तोपत्तो छैन
आसा भने बादल भित्रको जुन जस्तै
कहिलेकाही देखा पर्छे
जे होस सान्ती मरेकी छैन होला
आउने छे कुनै दिन
प्रतीक्षाले यसै भन्थी
घुर्यानको खेत बाँझी सक्यो
मल न जल उजाडी सक्यो
पाटी पौवा र धारा पँधेराको
नाम निसाना हराइ सक्यो
ठाँउ ठाउँ खेतका आलिहरु पनि
बेला बेला भत्किरहन्छ्न
यी सब दुर्दसा म अबला
टुलुटुलु हेरिरन्छु केवल हेरिरहन्छु
बिचरा मेरो खाख भित्रका मेरा सन्तान हरुलाइ
एक छिन फुर्सद छैन औसधी उपचार गरेर तिमिलाइ
यस्ती राम्रो बनाउछु भन्दै केवल मेरो नक्सा
चित्रकार छोरो कोरिरहन्छ
मलाई भने मेरो जिर्ण शरीरले
सेतै कपाल फुलेको यो सिर
थाम्न पनि हम्मेहम्मे परेको छ
त्यसैले मलाई खाँचो छ मेरै बिर को
यो सिर थाम्न लाई
हेर्न आतुर छन मेरा यी धमिला आँखाहरु पनि
छोरी सान्ती र अस्मिता लाई पनि
म जिर्ण मलाई मेरै सन्तान को खाँचो छ
म नेपाल आमा
लता राना

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले

एसईईको नतिजा सार्वजनिक

  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई)

नेपालमा सङ्घीयता किन चाहियो ?

  अनिता श्रेण्ठ नेपालमा अहिले सङ्घीयता ठिक कि बेठिक भन्ने बहस चोकचोकमा र