भारतमा राष्ट्रपतिको निर्वाचन सुरु



हाम्रो इकोनोमि

काठमाण्डौं । भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सोमबार सुरु भएको छ । सोमबार बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन् ।

यस निर्वाचनमा भारतीय जनता पार्टीका तर्फबाट रामनाथ कोविन्द उम्मेदवार हुनुहुन्छ । त्यस्तै भारतीय विपक्षी दल काँग्रेसका तर्फबाट मीरा कुमार उम्मेदवार हुनुहुन्छ ।

भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको बताइएको छ ।

संसदमा अहिले पनि मतदान जारी रहेको बताइएको छ । सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए ।

यससँगै सबै सांसद मतदान प्रक्रियामा सहभागी भएका नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...