एक भवनमा भएको आगलागीमा २२ जनाको मृत्यु



हाम्रो इकोनोमि

म्यानजिङ । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ ।

उक्त प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् ।

उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले एक आवासीय घरमा आगलागी सुरु भएको बताएका छन् ।

यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीको उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि कतिपयको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ ।

आगलागीका समयमा कतिजना व्यक्ति बसिरहेका थिए भन्ने बारेमा केही खुलेको छैन । यस वषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीले सो आगलागीमा परेका दुई जना गम्भीर रुपमा घाइते भएका जनाएको छ ।

अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले आगलागीको कारण निकै रहस्यमय हुनसक्ने भन्दै अनुसन्धान थालेको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुका अनुसार दुई तलाको मात्र सो घरमा भएको आगलागीको छोटो समयमै कसरी त्यति धेरै नागरिकको ज्यान गएको हो भन्ने बारेमा खोजी सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...