उडिरहेको विमानको ढोका एकाएक खोलिएपछि…



हाम्रो इकोनोमि

केही समय अघि हवाई उडानको क्रममा विमानको ढोका खोलिएका दुई घटना सार्वजनिक भए । पछिल्लो मंगलबार भारतमा एयर एशियाका एक यात्रीले राँचीमा ढोका खोल्ने प्रयास गरे भने पछिल्लो शनिबार एक अमेरिकी युवकले डेल्टा एयरलाइन्सको बाथरुमबाट निस्किएलगत्तै यस्तै गर्ने कोसिस गरेका थिए ।

राँचीको फ्लाइटमा आफताब नामक ती युवकको प्रयासलाई विफल बनाउन फ्लाइटका चालक दलका सदस्य सफल भए र उनलाई पुलिसलाई सुम्पिइयो । यस्तै सिएटलबाट बेइजिङको यात्रामा रहेको ७६७ फलाइटमा रहेका दुई महिला कर्मचारीले २३ वर्षीय अमेरिकी युवक हुडेकको कोसिसलाई पनि रोक्न सफल भए ।

ढोका खोल्न सकिन्छ ?

अमेरिकी मामलाको अनुसन्धान गरिरहेका एफबीआई एजेन्टलाई विमानमा रहेकी महिला कर्मचारीले भनिन्, ‘ढोकाको लिभर ९० डिग्रीको स्थितीमा आउनेबित्तिकै पाइलटले ढोका खोलिँदैछ भन्ने जानकारी पाउँछन् र कम उचाईमा यस्तो स्थितीमा ढोका खोलिने सम्भावना बढि हुन्छ ।’

तर यसको सम्भावना कति छ रु के विमान भित्र भएका यात्रीले यात्राको क्रममा ढोका खोल्न सक्छन् रु हवाई यात्रा गर्नेहरुले विमानको ढोकाले कसरी काम गर्छ र उडानको क्रममा यो खोलिए के होला भन्ने बारे जानकारी पाउनैपर्छ ।

सरे विश्वविद्यालयमा एयरोस्पेस इन्जिनियरिङका वरिष्ठ प्राध्यापक डेविड बर्च भन्छन्, ‘कम उचाईमा ढोका खोलिन पनि सक्छ । साधारणतया, विमानको ढोका हाइड्रोलिक प्रेशर अर्थात् उच्च दबाबले बन्द हुनुपर्ने गरी डिजाइन गरिएको हुन्छ । यद्यपी, क्याबिनको दबाब साधारणतया सामान्य समून्द्री सतह र हावाको दबाबको तुलनामा कम हुने गर्दछ त्यसकारण प्रेसर लकले अत्यधिक उचाईमा मात्र काम गर्न सुरु गर्दछ ।’

डराउन कति आवश्यक ?

डाक्टर बर्चका अनुसार यदि हुडेक ढोका खोल्न सफल भएका भए विमानभित्र राखिएका हावाले भरिएको स्लाइड्स (इमरजेन्सीको स्थितीमा यात्रीले चिप्लिएर उत्रिने व्यवस्था) सक्रिय हुन्थ्यो अथवा सम्भवतः हावाको शक्तिका कारण टुक्राटुक्रा पनि हुने थियो किनभने विमान सयौं किलोमिटर प्रति घण्टाको गतीमा उडिरहेको थियो ।

उनले भने, ‘तर पनि यदि ढोका खोलिएको भए स्थिती त्यस्तो भयानक पनि नहुन सक्छ किनभने विमान कम उचाईंमा उडिरहेको थियो । यसका साथै, यात्रीहरुलाई अक्सिजन मास्कको आवश्यकता पनि पर्दैनथ्यो । यस्तो अवस्थामा विमान भित्र तेज हावा, आवाज र विमान क्रमशः चिसो हुने थियो (यद्यपी, तापक्रम शून्य डिग्रीसम्म पुग्दैनथ्यो ) ।

बर्चले भने, ‘यस्तो स्थितीमा पाइलटले ढोका खोलिएको चेतावनी देख्नेछन् र सम्भवतः ककपिट बाहिर केही गलत भइरहेको सुन्नेछन् पनि । यस्तो अवस्थामा उनीहरुले इमर्जेन्सीको घोषणा गर्नेछन् र तत्काल स्थितीलाई नियन्त्रण (क्याबिनभित्र दबाबको अन्तरलाई कम) गर्न प्रयास गर्नेछन् ।

फेडरल एभिएशन एडमिनिस्ट्रेशनको नियम अनुसार उडानको क्रममा जानीजानी कोही व्यक्तिले ढोका खोल्ने सम्भावना कम गर्नका लागि विमानमा प्राविधिक व्यवस्था हुनुपर्छ ।

डाक्टर बर्चले भने, ‘उडानको क्रममा यो पनि आवश्यक छ कि एक विमान खुल्ला ढोकासँगै उडानसँगै ल्याण्ड पनि गर्न सकोस् र यदि उडानको क्रममा कुनै पनि व्यक्तिले ढोका खोलिहाले पनि सहयात्रीका लागि समस्याको कारण नबनोस् ।’

हुडेकको मामलामा परिस्थिती कसरी नियन्त्रणमा आयो रु एफबीआईका अनुसार हुडेकले ढोकाको लिभर तानेपछि महिला कर्मचारीले पाइलटलाई यसबारे सूचित गरे र सहयात्रीसँग हुडेकमाथि नियन्त्रण पाउनका लागि मद्दत मागे ।

यद्यपी, यो क्रममा हुडेकले एक सहयात्रीमाथि रक्सीको बोतलले हमला गरे र उनी लगातार चिच्याइरहे पनि । २ सय १० यात्री र ११ विमान चालक दलका सदस्यले विमानको आपतकालीन ल्याण्डिङ गर्नुपर्यो र त्यहाँ पुलिसले उनलाई पक्राउ गरे ।

हुडेकमाथि विमान चालक दलको काममा दखल दिएको भनी मुद्दा चलिरहेको छ र यदि उनी दोषी पाए उनलाई २० वर्षसम्मको जेल सजायँ हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...