गौतमलाई जिम्मेवारी दिन सबैको एकै मत,बेल्जियममा कसरी हुदैछन गंगाधर सर्बसम्मत?



हाम्रो इकोनोमि

वर्तमान अध्यक्ष गंगाधर गौतमले गैर आवसीय नेपाली संघ बेल्जियमको आगामी अगस्टमा हुने अबिधेशनमा एनआरएनए बेल्जियमको अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन ।गौतम लामो समयदेखि बेल्जियमका बिभिन्न संघ–सस्थामा आबद्ध भई युरोपमा बसोबास गर्ने नेपालीहरुका अगुवाका रुपमा पनि परिचित छन ।

गौतमले आगामी (२०१७–२०१९) को कार्यकालका लागि सामाजिक संजाल मार्फत पनि उम्मेद्वारी घोषणा गरेका छन् । अध्यक्षका दाबेदार आरु पनि छन् तथापी उनको पल्लाभारी छ। अझ गौतम सर्बसम्मत अध्यक्ष बनेर फेरी एकपटक इतिहास रच्ने अभियानमा छन् र त्यसका लागी अरु आकांक्षी पनि उनलाई काम गर्ने बाताबरण बनाउन सक्रिय रहेको बुझिएको छ।

गौतमलाई एनआरएनए बेल्जियमको अध्यक्ष बनाउन जन सम्पर्क समिति बेल्जियमले निर्णय गरिसकेको छ । जन सम्पर्क बेल्जियको पुरानो गतिशील सक्रिय र निर्णायक संस्था पनि हो । गौतम जन सम्पर्क समिति यूरोपको महामन्त्री समेत हुन । बेल्जियका नेपालीहरुले औधी रुचाएका गौतम रचनात्मक काममा पनि उत्तिकै सक्रिय हुदै आएका छन् ।

एनआएनए बेल्जियमको अध्यक्षमा यस अघि कार्य समिति सदस्य सरु चापाँगाई, पुर्व महासचिव सन्तोस जोशी, वर्तमान महासचिव लोक दाहालले पनि उम्मेद्वारी घोषणा गरेका छन । सबै सक्षम हुदा हुदै पनि त्यहाँ गौतमको विकल्प नरहेको चर्चा हुन् थालेको छ। यसै बीच गौतमले सामाजिक संजाल मार्फत गैर आबासिय नेपाली संघको १७/१९ कार्यकालको सदस्यता बितरणको समयावधि अन्तिम हुँदै गरेको अबस्थामा सबै क्षेत्रका साथीहरूलाई सुबिधा होस भन्ने उदेश्यले १५ जुलाईको नेपाल महोत्सव कार्यक्रम स्थलमै आबेदन बुझाउन ब्यबस्था मिलाइएको जानकारी समेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस
अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...