चोरलाई चाबी भ्रष्ट भए हाबी,मन्त्री छँदा गगनले करोडौ हजम गरेको मन्त्रालयकै दाबी!



गगन थापा स्वास्थ्य मन्त्री छँदा उत्पात राम्रो काम गरेको भन्दै चाहिने भन्दा बढी प्रचार गरियो। अझ गगन लाई मंत्री नबनाए कांग्रेस त्याग्ने,नेपालमै नबस्ने सम्मका घोषणा पनि गरिए,तर उनै गगनले गरेका धन्धा यतिबेला बहिरिएका छन। थापा मन्त्री छँदा बाहिर निकै लोकप्रिय कार्यक्रम घोषणा गर्ने र भित्रभित्रै त्यस्ता कार्यक्रमसँग जोडिएका व्यक्ति र संस्थाहरुसँग आर्थिक लाभका लागि बागेनिङ गर्ने गरिएको समेत खुलेको छ । जो चोर उसैलाई चाबी दिएर गगनले आफ्नो कद आफै घटाएको तथ्य खुलेको छ।

एक शीर्षकको बजेट अर्कोमा रकमान्तर गर्ने नाममा दुर्गमका जनताका लागि औषधि किन्न भनेर छुट्याइएको बजेटलाई मन्त्रालयका कर्मचारीले इन्धन तथा खाद्यान्न किन्न प्रयोग गरेको खुलेको हो । चालू आर्थिक वर्षको बजेटमा स्वास्थ्य मन्त्रालयलाई औषधि खरिद गर्न भनेर विनियोजन गरिएको १ करोड ७५ हजार रुपैयाँ बजेटलाई इन्धन तथा कर्मचारीको खाद्यान्न खरिद गर्न रकमान्तर गरिएको थियो । त्यो सबै थापाकै सल्लाहमा भएको श्रोतको भनाइ छ।

औषधि खरिदको लागि भनेर विनियोजन गरिएको १ करोड रुपैयाँ कर्मचारीका लागि खाद्यान्न खरिद गर्न भनेर रकमान्तर गरिएको छ । जबकी निजामती कर्मचारीलाई खाद्यान्न दिने गरिएको छैन।
गाउँमा सिटामोलसमेत नपाएर जनता छट्पटिनु परिरहेको अवस्थामा सिंहदरबारमा भने औषधि किन्न भनेर छुट्याइएको रकमसमेत खर्च नभएको भन्दै खाद्यान्न र इन्धनको नाममा खर्च गरेर मन्त्री थापाले गाइजात्रा देखाएका हुन् । उनले देखाएको गाइजात्रा बाट सिधै करोड भाग उनैलाई लागेको श्रोत बताउछ।

हस्पीटेकका सञ्चालक विशाल पण्डितबाट पनि मन्त्री थापाले २० करोड कमिसन हात पारेको मन्त्रालयका अधिकारीहरु नै बताउँछन् । पण्डितलाई पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्यका धमिरा र माफिया भन्दै मन्त्रालय प्रवेशमा रोक लगाएका थिए । त्यस्तै औषधी व्यवस्था विभागको डिजी नारायण प्रसाद ढकाल लाई बनाउन माग गर्दै औषधी ब्यबसायी र पशु औषधीको कारोबार गर्ने हरुले गगन लाई २ करोड दिएको र भ्रस्ट ढकाललाई त्यहाको डिजी बनाएको स्वयं ब्यबसायीले बताउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको