एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र त्यस्तो पार्टीमा सबै अटाउने बताएका छन् । उनले सामाजिक सञ्जालमा ‘एमालेजनमा निवेदन’ भनेर लेखेको सन्देशमा अहिले एमालेमा चलिरहेको बहसमा राजनीतिक र वैचारिक दिशा दिन अपिल गरेका छन् । उनले भनेका छन्, ‘अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफ्नै पार्टीभित्रको फरक विचारप्रति बैरभाव राख़्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ । उनले भनेका छन्, ‘एमालेमा दुईवटा बिचारका बीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक सञ्चारमाध्यमसम्म पुगेको छ । बहसमा एमालेपंक्तिका अलावा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।

उनले पार्टीभित्र वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यबहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठनमार्फत नेकपा एमालेको पुनर्जागरण गर्ने र सबै पक्षमा यथास्थिति रहने भन्ने बहसले पार्टी पुर्गठनको दिशामा पुगेरै छाड्ने बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर बनाएको छैन । आफना बिचारका विरुद्ध उभिनुभएका मनमोहन अधिकारी, सीपी मैनाली लगायतका नेताहरूलाई मदन भण्डारीले कसैको दलाल वा एजेण्ट भन्नुभएन बरु उहाँहरूलाई पार्टीमा सम्मानजनक स्थानमा राखेर सहकार्य गर्नुभयो । यो हो एमालेको संस्कृति ।

भट्टराईले समयानुकुल पार्टी पुनर्गठन हुने र पुर्नगठित पार्टीमा सबैको सम्मान हुने बताएका छन् । उनले भनेका छन्, ‘निषेधकारी व्यवहारको अन्त्य हुने छ । पार्टी सामुहिक र संस्थागत ढाँचामा चल्ने छ । हामी मदन भण्डारीका उत्तराधिकारीहरू हौँ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...