देउवालाई भाई टिका लगाईदिने चेली पनि मंत्री बन्दै, मंत्री बनाउन देउवाले छानेका यी हुन् २३ नाम



जीवित नेताहरु मध्ये सबै भन्दा धेरै पटक प्रधानमन्त्री बनेको एक मात्र नेताको परिचय बनाएका प्रधानमंत्री शेर बहादुर देउवाले दुइ दर्जन बढी लाइ मंत्री बनाउदै छन्। तत्काललाई संविधान संशोधन प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेका छन् ।सकेसम्म छिटो विस्तार गर्ने सुरमा रहेका उनले ढिलोमा आइतबार सबै मन्त्रालय भरिने गरी मंत्री नियुक्त गर्ने भएका हुन्। ३० मन्त्रालय मध्ये अब २३ मन्त्रालयमा मंत्री नियुक्त गर्न बाँकी छ।

 

श्रीमतीको उपचार गर्न थाईल्याण्ड गएका प्रचण्ड शुक्रबार स्वेश फर्किएपछि आइतबार क्याबिनेट बिस्तार गर्ने भएका छन् ।प्रधानमन्त्री देउवा निकट उच्च स्रोतका अनुसार कांग्रेसले अब ९ जनालाई मन्त्री बनाएर पठाउने अन्तिम तयारी गरेको छ। देउवाको तर्फबाट यसअघि नै तीन जना मन्त्री बनिसकेका छन् । जसमध्ये गोपालमान श्रेष्ठ उपप्रधान एवम् शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्ला मन्सुर श्रम मन्त्री बनिसकेका छन् । माओबादीले जनार्दन महरा र प्रभु साहलाइ मंत्री बनाई सकेको छ । त्यस्तै फोरम लोकतान्त्रिकका बिजय गच्छेदार पनि मंत्री बनिसकेका छन्। देउवाले मंत्री बनाउन लागेकी अम्बिका बस्नेतले तिहारको टिका उनै देउवालाई लगाई दिने गरेकी छिन।

 

कांग्रेसबाट को–को मन्त्री बन्दैछन् ?

अम्बिका बस्नेत, मीन कुमार विश्वकर्मा, ललितजंग शाही, भीष्म आड्दाम्बे (देउवाबाट)

बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी (रामचन्द्र पौडेल समूहबाट)

भीमसेनदास प्रधान(सिटौला समूहबाट), मोहन बस्नेत(खुमबहादुर खड्का समूहबाट)

त्यस्तै निवर्तमान दिपक खड्का( डा. शंशाक कोइरालाबाट)

माओवादी केन्द्रबाट को को मन्त्री बन्दैछन् ?

महेन्द्र बहादुर शाही, श्याम कुमार श्रेष्ठ, सन्ध्या चौधरी, रामनारायण विडारी र (सिता नेपाली र गिरिराजमणि पोखरेलमध्ये एकजना) जना मन्त्री बन्ने पक्का भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आउने आईतबार वा सोमबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिसकेका छन् ।
त्यस्तै देउवाले राप्रपालाई ४ वटा मन्त्रालय, विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई ३, कुमार खड्का र प्रेमबहादुर सिंहलाई १–१ वटा र हरिचरण साहलाई पनि १ मन्त्रालय दिने तयारी गरेका छन् । तर हरिचरण मंत्री बन्ने सम्भावना कम रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय