विमान दुर्घटना, १६ को मृत्यु



काठमाण्डौं । अमेरिकाको मिसिसिपी राज्यमा सोमबार भएको एक सैनिक विमान दुर्घटनामा परी १६ व्यक्तिको ज्यान गएको छ ।

सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सले मध्य मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको सो सानो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराएका छन् ।

उनले यस जहाजबाट त्यहाँ रहेका १६ व्यक्तिको शव निकालिएको जनाएका छन् । उक्त विमान सैनिकको कार्गो बिमान रहेको बताइएको छ ।

उक्त दुर्घटनामा परी ज्यान जानेमा सो विमानमा सवार रहेका सैनिक परेका छन् । सो विमानको दुर्घटनाको बारेमा अनुसन्धान सुरु भएको बताइएको छ ।

लेफोरे प्रान्तीय सङ्कटकालीन निकायका निर्देशक फ्रान्स रान्डलेले समाचारदाताहरुलाई मिसिसिपी डेल्टाबाट १३५ किलोमिटर टाढा पर्ने इलाकामा यो दुर्घटना भएको जानकारी दिए ।

स्थानीय समयानुसार सोमबार अपराह्न करिब ४ बजे यो दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको केही समयपछि आएको समाचारमा भने यस विमानमा सवार रहेका नौ व्यक्तिमा पाँचको मृत्यु भएको भनिएको थियो । तर पछि दुर्घटनास्थलबाट १६ जनाको शव प्राप्त भएको अधिकारीले जनाएका छन् । दुर्घटनास्थलमा ठूलो सङ्ख्याका सैनिकले उद्वारको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिए

    बेलायती विश्व सेवा (बीबीसी)ले युक्रेनसँगको युद्धका पछिल्ला तीन वर्षमा रुसले ५०

इजरायलमा कस्तो छ नेपालीको अवस्था ?

    इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू

अत्यावश्यक बाहेक घरबाट ननिस्कन इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह

    इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न

इरानद्धारा इजरायलमा ड्रोन आक्रमण

    इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन