राष्ट्रिय प्रशारण लाइनमा थपियो ५.१ मेगावाट विद्युत्



काठमाण्डौं । इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन शुरू गरेको छ । अढाइ वर्षअघि निर्माण शुरू भएको अपरमाईको क्षमता ६ दशमलव १ मेगावाट भए पनि पिपीए सम्झौतामा ५ दशमलव १ मेगावाट रहेको छ ।

५ दशमलव १ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको प्रवद्र्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले जानकारी दिए । यसअघि माबुमा अपरमाई हाइड्रोपावर निर्माण सम्पन्न गरी १२ मेगावाट विद्युत् उत्पादन गरिएको छ । उक्त आयोजनाबाट खेर जाने पानी पुनः सदुपयोग गरी अपरमाई ‘सी’ बाट विद्युत् उत्पादन गरिएको हो । अपरमाई ‘सी’ अपरमाईकै क्यास्केट परियोजना हो । हालसम्म अपरमाई ‘सी’ हाइड्रोपावर सम्पन्न गर्दा रू। ९५ करोड खर्च भएको निर्देशक प्रधानले बताए ।

नबिल बैङ्क, नेपाल बैङ्कजस्ता वित्तीय संस्थाले उक्त हाइड्रोमा लगानी गरेका छन् । धितोपत्र बोर्डबाट स्वीकृत भएपछि चाँडै नै स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर खोल्ने तयारी भइरहेको कार्यकारी निर्देशक प्रधानले जानकारी दिए । गत महीना नै निर्माण सम्पन्न गरी उत्पादन शुरू गर्ने लक्ष्यमा रहेको अपरमाई ‘सी’ को इलेक्ट्रो मेकानिकल कार्यमा समस्या आएपछि शनिवार परीक्षण उत्पादन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन

लगानी सम्मेलनमा १४८ वटा आयोजना राखिने

     वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा

व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण

नेपालमा हाइड्रोजन उत्पादनको परीक्षण सफल

    काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन उत्पादनको परीक्षणमा सफलता पाएको छ