नेपालको संसदमा एक जना यस्ता मनुवा छन् जसको नाम मात्र सुन्नासाथ धेरैले उनलाई मजाकमा उडाइदिन्छन। सरकार फेरिने बितिक्कै मन्त्री बनाईदिन हारगुहार गर्दै देउसी खेल्नु उनको मुख्य काम हो। मन्त्री बन्न दर्जन पटक लागिपरेका उनले मन्त्रीको स्वाद चाख्न अहिले सम्म पाएका छैनन्। बरु पगितो जान्ने हुदा यिनले आफ्नै जिल्लामा रेडियोमा पाङ्गदुरे कुरा गरेको भन्दै मधेशकेन्द्रित दलकै कार्यकर्ताले कालो मोसो दलेर अनुहार प्लास्टर गरिदिएका थिए।
दुनियाका नजरका मजाकका पात्र हरिचरण साह फेरि मन्त्री बनाई दिन भन्दै प्रधानमन्त्री पत्नी आरजुको साडीको फेर समात्न बालुवाटार धाउन थालेका छन्।सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि मन्त्री बनाई दिन माग गर्दै कोइरालाकी भान्जे बुहारी प्रभाको खुट्टा ढोग्दै चाकडी गर्ने गरेका थिए। यो सबै चाल पाएपछि सुशीलले हरिचरणलाइ बेस्सरी थर्काई दिए पछि उनी मन्त्री माग्दै जान छोडेका थिए। अहिले फेरि मन्त्री बन्ने धन्धा चलाएका उनले सिङ्गदरबारमा जो देख्यो उसैलाई मलाई मन्त्रीकालागि भनिदिनु पर्यो भन्न्दै हल्ला गर्न थालेका छन् । अझ सुपका कसैलाई देख्यो कि लौ न हजुर एक पटक त मन्त्री बनाई दिनु पर्यो भन्दै हारगुहार गर्नु उनको दैनिकी नै बनेको छ।
अघिल्लो संसदमा छोरीलाइ माननीय बनाएर रातो पासपोर्ट बेचेका उनले छोरी गायत्रीलाइ पत्रु बनाएका थिए। अहिले तिनै हरिचरण मन्त्री बन्न न्वारान देखिको बल लगाएर मैदानमा उत्रेका छन्। तर प्रधानमन्त्री निकट श्रोतले भने हरिचरणलाइ मन्त्री बनाए सिङ्गदर्बार र खुल्लामंच बेच्ने सम्भावना बढ्ने हुँदा उनी तत्काल मन्त्री बन्ने सम्भावना छैन।