बङ्गलादेशमा बाढीबाट नौ लाख प्रभावित



हाम्रो इकोनोमि

ढाका । यस बर्षको भारी मन्सूनी बर्षाबाट अहिलेसम्म करिब नौ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौं परिवार विस्थापित भएका बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन तथा उद्धार मन्त्रालयका सचिव शाह कमालले सञ्चार माध्यमलाई आज बताएका छन् ।

खासगरी, उत्तरपूर्वी बङ्गलादेशका दुईः सिल्हेट र मोल्बी बजार तथा दक्षिणपूर्वी खण्डको एकः कक्स बजारसमेत गरी जम्मा तीन जिल्ला यस पटकको भारी बर्षा र बाढीबाट प्रभावित भएका एकजना उच्च सरकारी अधिकारीले बताएका छन् ।

सरकारले ढिलाई नगरी बर्षा र बाढीबाट पीडित जनताहरूको तत्कालै उद्धारकार्य सन्चालन गरेको र बाढीबाट विस्थापित बाढीबाट करिब दुई हजार परिवारलाई तुरुन्तै राहत सामाग्री उपलब्ध गराई अस्थायी बसोबासको प्रबन्ध मिलाएको पनि उक्त सरकारी अधिकारीले बताए ।

भारी बर्षाका कारण देशभरका पहाडी इलाकाबाट भारतीय सीमानासम्म बाढी आई जताततै जलमय हुनाले उद्धार कार्य सन्चालनमा हम्मे हम्मे परेको थियो ।

बाढीले कुनै कुनै ठाउँका पूरै बस्ती नै बगाएको, असङ्ख्य बालीनाली सखाप पारेको, धेरै स्थानका सडक तथा राजमार्ग सञ्जालमा व्यापक क्षति पु¥याएको जनाइएको छ । कतिपय ग्रामीण इलाकामा खेतीयोग्य जमीन नष्ट पारेको, भवन लगायतका थुप्रै भौतिक संरचनामा समेत बिनाश भएको छ ।

बाढीकै कारण सयौं बिद्यालयहरू बन्द गर्नु परी पठन पाठन कार्य समेत ठप्प भएका छन् । चीनलगायत बिभिन्न मित्रराष्ट्रहरूले बर्षा तथा बाढी पीडितहरूका लागि राहत सामाग्री तथा आर्थिक सहयोग उपलब्ध गराएका छन् र यो क्रम निरन्तर जारी छ ।

दक्षिण एसियाकै होचो मैदानी भूभाग भएको बङ्गलादेशमा साना ठूला गरी दुई सय ३० वटा भन्दा बढी नदी नाला छन् । यस मुलुकले प्रत्येक बर्ष, सानो होस् या ठूलो, मन्सूनी बर्षा भएपछि त्यसबाट उत्पन्न पीडा भोग्दै आउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...