साझा सवाल पछि देउवा तरकालीवाली लाइ भेट्न खोज्दै,पढाईको कुरा सुन्न नसकेका उनले कति पढे ?



‘साझा सवाल’को अन्तर्वार्ता पछि प्रधानमन्त्री शेर बहादुर देउवा तरकारीवाली भन्दा भाइरल बनेका छन्। तर उनले तरकारीवालीको चर्चा लाइ उछिन्न नसकेर पछ्याई रहेका छन्। उनको चर्चाले यतिबेला सगरमाथाको चुचुरो नै छोएको छ। उक्त बहस कार्यक्रममा सहभागीहरुका प्रश्नप्रति जिम्मेवार नभएको भन्दे उनको आलोचनासँगै नकारात्मक टिप्पणी बढी भएका छन् । हुन् त त्यो कार्यक्रम देउवालाइ फसाउने उदेश्यले निर्माण भएको भन्ने कुरा पनि आएको छ। तर प्रधानमन्त्री जस्तो मान्छे किन फसे त भन्ने प्रश्नले पनि ठाउँ पाएको भने छ।

कार्यक्रमपछि मुलुकको प्रधानमन्त्रीको शैक्षिक योग्यता पनि चर्चामा छ । तर नेपालमा प्रधानमन्त्री र मंत्री बन्न यति नै पढ्नु पर्छ भन्ने चाहि छैन,नेपालमा मात्र नभएर अन्यत्र पनि त्यस्तो छैन। बेलायतकै कुरा गर्दा विगत ७० वर्षयता सबै प्रधानमन्त्रीहरु अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् ।सन् २००७ देखि २०१० सम्म प्रधानमन्त्री भएका गोर्डेन ब्राउन न त अक्सफोर्ड गए न त क्याम्ब्रिज विश्वविद्यालय नै पुगे । त्यस्तै, सन्. १९९० देखि १९९७ सम्म प्रधानमन्त्रीको पद सम्हालेका जोन मेजर पनि अक्सफोड, क्याम्ब्रिज जस्ता राम्रा विश्वविद्यालयमा पढेका थिएनन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको शैक्षिक योग्यतामा राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तह पास गरेको उल्लेख छ। संसद सचिवालयले प्रकाशित गरेको पुस्तकमा उनले बेलायतको प्रतिष्ठित मानिएको विश्वविद्यालय ‘लन्डन स्कुल अफ इकोनोमिक्स’मा राजनीतिक शास्त्र अनुसन्धान गरेको उल्लेख गरेका छन् । उनी पहिलो जन आन्दोलनताका बेलायतमा थिए, त्यहि भएर एमाले अध्यक्ष केपी ओलीले आन्दोलनका बेला देउवा लण्डनको गल्लीमा बरालिएको भनेर छेड हान्ने गर्दछन।

प्रतिक्रिया दिनुहोस
ब्रेक शु भित्रको सुन निकालियो

  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु

पहिरो फुट्दा कागबेनीमा बाढी

  पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(४ कागबेनी

एलओडी क्लबका दुई सञ्चालक नाबालिग बलात्कार घटनामा पक्राउ पुर्जी जारी

  १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी)

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट