दर्ता नहुदै फुट्ने भो राजपा,बैठकमै नेताहरु बीच हानाहान



छ वटा मधेसी दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा आज दल दर्ता गर्ने कार्यक्रम रोकिएको छ । निर्वाचन आयोगमा दलदर्ताकालागी जानु अघी पार्टीको सम्पर्क कार्यलय बिजुली बजारमा बसेको शिर्ष नेताहरुको बैठक लम्विए पछि दल दर्ता कार्यक्रम रोकिएको सो पार्टीका नेता केशब झा ले बताए ।

पार्टीको बिधान, केन्द्रिय पदाधीकारीको हस्ताक्षर तथा नागरिकताको प्रमाणित कागज लगायतको प्राविधिक विषय टुंगोमा नपुगेको कारण बुधबारलाई भनिएको दलदर्ता कार्यक्रा स्थगीत भएको राजपाले जानकारी दिएको छ । बुझीए अनुसार नेताहरु बझाबाज गरे पछि दर्ताका लागि निर्वाचन आयोगै नपुगी उक्त पार्टी धुजा धुजा हुनेछ । राजेन्द्र महतो र अनिल झा सहितका नेताहरु हात हालाहालको अबस्थामा पुगेका थिए।

मधेसी दलहरु तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मेधस सद्भावना पार्टी, तराई मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी वैशाख १९ मा एकीकृत भई राजपा नेपाल बनेको हो । एकीकरण भएपछि नयाँ केन्द्रिय पदाधीकारी, बिधान, पार्टीको झण्डा तथा निर्वाचन चिन्ह माग गर्दै आयोगमा निवेदन गर्नु पर्ने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि

रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको