पत्रकारका हत्यारालाई मृत्युदण्डको सजाय



कोलम्बो । श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसि गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला बुधबार सुनाएको छ ।

हत्यारा भनिएका एन्टोनी रामसन जर्ज विरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाउनु भएको हो ।

चालीस वर्षीय मेलिसि मेलको नामले निकै लोकप्रीय हुनुुहुन्थ्यो । उहाँले लण्डनको इस्ट लण्डन विश्वविद्यालयबाट स्नातक गर्नुभएको थियो । स्थानीय ‘सण्डे टाईम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा कार्यरत उहाँ एएफपीका लागि कोलम्बोबाट सम्वाददातासमेत हुनुहुन्थ्यो ।

सन् २०१४ को फेब्रुअरी २ तारिखका दिन कोलम्बोमा रहेको आफ्नै घरमा उहाँको हत्या भएको थियो । उहाँको हत्या भएको बेला उहाँका बाबुआमा र भाई पनि घरमै हुनुहुन्थ्यो । उहाँ घरकै भान्सा कोठामा मृत अवस्थामा भेटिनु भएको थियो ।

हत्यारा ठानिएका व्यक्तिले पहिला उनकै घरमा रङ्ग लगाउने काम गरेका थिए । पछि हत्याका लागि उनैलाई भाडामा लिइएको अनुमान गरिएको थियो ।

हत्यारा पहिचान भइसकेपछि यहाँका सरकारी वकिलहरुले पनि उनलाई हदैसम्मको कारबाहीको माग गरेका थिए । सोही बमोजिम नै न्यायाधीशले पनि उनलाई मृत्युदण्डको सजाय सुनाएका कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस फैसलाको श्रीलङ्काका पत्रकारहरुले स्वागत गरेका छन् । श्रीलङ्कामा बिगतका कैयौँ वर्षदेखि पत्रकारको हत्या हुने गरेको छ । तर उनीहरुको हत्यारा भने पत्ता लाग्ने गरेको छैन ।

तर यी पछिल्लो पत्रकार गुणशेखराको हत्यामा घरमा रङगरोगन लगाउने मानिस किन संलग्न भए भन्ने विषय भने खोजीको विषय भएको पत्रकारहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले