थाइल्याण्डमा जिका भाइरस संक्रमित भेटिए



हाम्रो इकोनोमि

बैंकक । मध्यथाइल्याण्डको फिचित प्रान्तमा ११ व्यक्तिमा जिका भइरसको संक्रमण भेटिएको पुष्टि भएको छ ।

त्यसैगरी यस भाइरसबाट थप २७ व्यक्ति प्रभावित भएको बताइएको भए पनि यसको भने पुष्टि हुन बाँकी रहेको थाइ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

एघार जनाको मात्र पुष्टि भएको प्रान्तीय गभर्नर विरासक विचितसइङ्सीले जानकारी दिएका छन् ।

उनले भनेका छन् परीक्षणबाट ११ व्यक्ति सो भाइरास संक्रमित भएको पुष्टि भएको छ र अरु संक्रमितका बारेमा अनुसन्धान जारी छ ।

संक्रमित भएको पुष्टि भएका ती व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । जिका भाइरसको संक्रमण लामखुट्टेको टोकाईबाट हुने गर्छ ।

गर्भवती यस भाइरसबाट प्रभावित भएको खण्डमा जन्मिने शिशुसम्म नै यसको प्रकोप सर्ने गर्दछ । त्यसैले यसबाट बच्न गर्भवतीलाई विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

उच्च मात्रामा ज्वरो आएमा अस्पताल गएर रगत जाँच गराउन सरकारी अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...