थाइल्याण्डमा जिका भाइरस संक्रमित भेटिए



बैंकक । मध्यथाइल्याण्डको फिचित प्रान्तमा ११ व्यक्तिमा जिका भइरसको संक्रमण भेटिएको पुष्टि भएको छ ।

त्यसैगरी यस भाइरसबाट थप २७ व्यक्ति प्रभावित भएको बताइएको भए पनि यसको भने पुष्टि हुन बाँकी रहेको थाइ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

एघार जनाको मात्र पुष्टि भएको प्रान्तीय गभर्नर विरासक विचितसइङ्सीले जानकारी दिएका छन् ।

उनले भनेका छन् परीक्षणबाट ११ व्यक्ति सो भाइरास संक्रमित भएको पुष्टि भएको छ र अरु संक्रमितका बारेमा अनुसन्धान जारी छ ।

संक्रमित भएको पुष्टि भएका ती व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । जिका भाइरसको संक्रमण लामखुट्टेको टोकाईबाट हुने गर्छ ।

गर्भवती यस भाइरसबाट प्रभावित भएको खण्डमा जन्मिने शिशुसम्म नै यसको प्रकोप सर्ने गर्दछ । त्यसैले यसबाट बच्न गर्भवतीलाई विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

उच्च मात्रामा ज्वरो आएमा अस्पताल गएर रगत जाँच गराउन सरकारी अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रूसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु

    रूसको मस्कोस्थित नेपाली दूतावासले गत ८ गते नेपालस्थित कन्सुलर सेवा विभागलाई

राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने

  जिल्ला प्रशासन कार्यालयले लमजुङमा राती १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

मोडल एवं अभिनेत्री दीपासा बीसीको निधन

    मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ ।

दिल्लीमा वायु प्रदूषण

  वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको राजधानी नयाँदिल्लीमा प्राथमिक विद्यालयहरु बन्द गरिएको