ठुला तीन आयोजनाको काम शुरू



काठमाण्डौं । दार्चुला र बझाङका तीनओटा जलविद्युत् आयोजनाको काम शुरू भएको छ । दार्चुलाको नौगाड दोस्रो (८ मेगावाट) तथा बझाङमा माथिल्लो कालङ्गागाड (३८ दशमलव ४६ मेगावाट) र कालङ्गागाड (१५ दशमलव ३३ मेगावाट) आयोजनाको निर्माण शुरू भएको हो ।

नौगाड आयोजनाको अनुमानित लागत १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । माथिल्लो कालङ्गागाड र कालङ्गागाड आयोजनामा माछापुच्छ्रे र एनएमबी बैङ्कको अगुवाइमा १२ ओटा बैङ्कले ६ अर्ब ८४ करोड रुपैयाँ ऋण र प्रवर्द्धकबाट २ अर्ब २८ करोड रुपैयाँ लगानी सम्झौता भएको छ । माथिल्लो कालङ्गागाडमा राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क, एनसीसी बैङ्क, सनराइज बैङ्क, जनता बैङ्क, कुमारी बैङ्क र सिभिल बैङ्कले चार अर्ब ७४ करोड लगानी गर्दै छन् । यस्तै, कालङ्गागाडका लागि एनएमबीको अगुवाइमा एनआईसी एशया, सिभिल, जनता, देव विकास र ज्योति विकास बैङ्कले २ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

दुवै आयोजना बझाङको साबिकका दहबगर, खिरातडी, सुनकुडा र बाँझ गाविसमा पर्छन् । माथिल्लो कालङ्गागाड ४ वर्ष र कालङ्गागाड ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

यस्तै, अपि हाइड्रोपावर कम्पनीले नौगाड आयोजनाको निर्माण अगाडि बढाएको हो । उक्त आयोजना दार्चुलाका सिप्टी र धुलीगडाको सीमामा पर्छ । जुन करीब १८ महीनाभित्रै सञ्चालनमा ल्याउने गरी काम थालिएको सञ्चालक इन्छमणि त्रितालले बताए । उक्त आयोजना सञ्चालनमा आएपछि ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरिनेछ । उक्त आयोजनाका लागि ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

    रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण

उद्योगको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय

    नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ

४४० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान

    एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको चार सय केभी विद्युत् प्रसारण

सिनामङ्गलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै, डिपीआर तयार गर्न सम्झौता

  नेपाल आयल निगम सिनामंगल र पुल्चोक इन्जिनियरिङ संस्थानबिच त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल परिसरबाट