उद्वारमा गएको हेलिकोप्टर नै दुर्घटना, आठ जनाको मृत्यु



हाम्रो इकोनोमि

काठमाण्डौं । इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिए ।

दुर्घटना भएको स्थलबाट सबै व्यक्तिको शव फेलापर्नुको साथै पहिचानसमेत खुलेको उक्त खोजी तथा उद्वार निकायका प्रमुख मुहमद सेगगीले एएफपी समाचार सतितिलाई जानकारी दिनुभएको छ । आइतबार अपराह्नमध्य जाभामा ज्वालामूखी विस्फोट भएको स्थानमा उद्धारकार्यको लागि सो हेलिकोप्टर गइरहेको थियो ।

यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको इन्डोनेसिया खोजी र उद्धार निकायको यातायात सुरक्षा विभागले जनाएको छ । गत केही महिनायता इन्डोनेसियाले वायु सेवामा कैयौँ दुर्घटना भएका छन् । इन्डोनेसियाको बोर्नेओ राज्यको दुर्गम इलाकामा गत डिसेम्बरमा भएको एक सैनिक विमान दुर्घटनामा परी करिब तीन व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिका–इरानबीच शान्ति सम्झौताको घोषणा

    फारसको खाडी क्षेत्रमा जारी तनाव अन्त्य गर्ने विषयमा अमेरिका र इरानबीच...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...