उद्वारमा गएको हेलिकोप्टर नै दुर्घटना, आठ जनाको मृत्यु



काठमाण्डौं । इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिए ।

दुर्घटना भएको स्थलबाट सबै व्यक्तिको शव फेलापर्नुको साथै पहिचानसमेत खुलेको उक्त खोजी तथा उद्वार निकायका प्रमुख मुहमद सेगगीले एएफपी समाचार सतितिलाई जानकारी दिनुभएको छ । आइतबार अपराह्नमध्य जाभामा ज्वालामूखी विस्फोट भएको स्थानमा उद्धारकार्यको लागि सो हेलिकोप्टर गइरहेको थियो ।

यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको इन्डोनेसिया खोजी र उद्धार निकायको यातायात सुरक्षा विभागले जनाएको छ । गत केही महिनायता इन्डोनेसियाले वायु सेवामा कैयौँ दुर्घटना भएका छन् । इन्डोनेसियाको बोर्नेओ राज्यको दुर्गम इलाकामा गत डिसेम्बरमा भएको एक सैनिक विमान दुर्घटनामा परी करिब तीन व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले