बम विस्फोटमा १९ जनाको मृत्यु, १२ घाइते



काठमाण्डौं । सिरियाको दमास्कसमा आइतबार भएको कार बम विस्फोटमा १९ जनाको मृत्यु भएको छ ।

सिरियाली प्रहरीले कारबम आक्रमणकारी भएको आशंकामा पिछा गरिरहेको अवस्थामा ताहरिर स्क्वायरमा प्रवेश गर्न सफल भएका एक जनाले विस्फोट गराएको बताइएको छ । अन्य दुई जनालाई भने प्रहरीले पक्राउ गरी विस्फोटक पदार्थलाई निष्क्रिय बनाएको थियो । राजधानी दमास्कसमा गत मार्चयताको यो ठूलो आक्रमण भएको बताइएको छ ।विस्फोटमा कम्तीमा पनि १२ जना घाइते भएका छन् । सरकारी टेलिभिजनले जनाएअनुसार आक्रमणकारीहरूले राजधानी दमास्कसको भीडभाड क्षेत्रलाई लक्षित गर्दै बम आक्रमण गर्ने योजनामा थिए ।

आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । दमास्कसमा गत मार्चमा भएको आक्रमणमा ४० जना मारिएका थिए भने त्यसको केही दिनमै अदालत भवनमा भएको विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो । सिरियामा सन् २०११ मा सरकारविरोधी प्रदर्शनले गृहयुद्धको रूप लिएपछि अहिलेसम्म ३ लाख मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रचण्डले धोका दियो : शेरबहादुर देउवा

  आज सोमबार बिहान बोलाएर कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन नसक्ने भयो भनेको उनले

बंगलादेशको एक भवनमा आलगाली हुँदा ४३ जनाको मृत्यु

    बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको मृत्यु भएको छ

विपक्षीको संसदमा प्रश्न : मन्त्रीलाई पद छोड्न केले छेकेको छ ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरूले विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे प्रधानमन्त्रीले

अष्ट्रेलियामा नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी

    अष्ट्रेलियामा एकजना नेपाली युवकविरूद्व पक्राउ पुर्जी जारी भएको छ । अष्ट्रेलियामा