सार्वजनिक स्थलमा सौर्य बत्ती जडान



काठमाण्डौं । बेनी नगरपालिकाको विभिन्न सार्वजनिक स्थलमा सडक सौर्य बत्ती जडान गरिएको छ । बेनी नगरपालिका कार्यालय मार्फत मङ्गलाघाट, बेनी, गलेश्वर र अर्थुङ्गेमा ३८ वटा सडक सौर्यबत्ती जडान भएको हो ।

गलेश्वरमा १०, अर्थुङ्गेमा चार, मङ्गलाघाटमा १३ र बजार क्षेत्रमा ११ वटा सोलार बत्ती जडान गरिएको बेनी नगरपालिका कार्यालयका इन्जिनियर विमल रञ्जन कार्कीले जानकारी दिनुभयो । केन्द्रीय अनुदान, नगरपालिका र उपभोक्ताको रु ३८ लाख ४० हजार लगानीमा सडक सौर्यबत्ती जडान गरिएको हो ।

गतवर्ष बेनीको १८ वटा सडक सौर्यबत्ती जडान भएको थियो । सौर्य ऊर्जाको सहायताले रातको समयमा स्वचालित रुपमा बल्ने बत्ती जडान गरिएको इन्जिनियर कार्कीले बताउनुभयो । सडक छेउमा ठड्याइएको फलामको पोलमा राखिएको एक सय वाटको सोलार प्यानल र १२ भोल्टको ब्याट्रीबाट २० वाटको बत्ती बाल्ने गरिएको छ ।

बजारको सुरक्षा र सर्वसाधारणको सुविधाका लागि सोलार बत्ती जडान भएपछि रातको समयमा सार्वजनिकस्थल उज्यालो बनेका छन् । रातको समयमा हुने चोरी, तोडफोड, झैझगडा नियन्त्रणमा सघाउन पुग्नुका साथै सर्वसाधारणलाई हिँडडुल गर्न सहज भएको गलेश्वर बजार विकास संस्थाका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका