फ्रान्सेली इन्जिनियरद्धारा सामुदायिक लज निर्माणमा सहयोग



बेनी (म्याग्दी) । अन्नपुर्ण गाउँपालिका– ५ मा रहेको खोप्रालेकमा सामुदायिक लजलाई आधुनिक र सुविधा सम्पन्न बनाउन फ्रान्सेली इन्जिनिय खटिनु भएको छ ।

पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँमा परेको खोप्रालेकमा रहेको सामुदायिक लज सुविधा सम्पन्न बनाउन फ्रान्सबाट आएका दुई जनाको सक्रियतामा स्थानीय जनशक्तिले करिब रु एक करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक १२ कोठामा २० वटा बेड रहेको लज बनाइरहेको पाउद्वारका अगुवा एवम् लज व्यवस्थापन समितिका भिमप्रसाद तिलिजाले बताउनुभयो ।

३० जना स्थानीयवासीले समेत निर्माणमा रोजगारी पाएका छन् । लजमा आवश्यकपर्ने भौतिक निर्माणका साम्रगी खच्चड र स्थानीयवासीले बोकेर ढुवानी गरिरहेका छन् । लजमा शौचालयसहितको बाथरुम, सोलार, बैठक हल, डाइनिङसहित पूर्वाधार निर्माण भइरहेको खोप्रा, खयर क्षेत्रमा पूर्वाधार विस्तारमा सक्रिय क्याप्टेन राजु पुनले बताउनुभयो । पदमार्गमा रेलिङ, मर्मत, बस्ने टहरासहितका पूर्वधार विस्तारमा युकेमा रहेका शिखवासीको पहलमा रु एक करोड १५ लाख भन्दा धेरै लगानी भएको छ ।

समुद्री सतहबाट चार हजार ८०० मिटर उचाईमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन ठुलो मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं