फ्रान्सेली इन्जिनियरद्धारा सामुदायिक लज निर्माणमा सहयोग



हाम्रो इकोनोमि

बेनी (म्याग्दी) । अन्नपुर्ण गाउँपालिका– ५ मा रहेको खोप्रालेकमा सामुदायिक लजलाई आधुनिक र सुविधा सम्पन्न बनाउन फ्रान्सेली इन्जिनिय खटिनु भएको छ ।

पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँमा परेको खोप्रालेकमा रहेको सामुदायिक लज सुविधा सम्पन्न बनाउन फ्रान्सबाट आएका दुई जनाको सक्रियतामा स्थानीय जनशक्तिले करिब रु एक करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक १२ कोठामा २० वटा बेड रहेको लज बनाइरहेको पाउद्वारका अगुवा एवम् लज व्यवस्थापन समितिका भिमप्रसाद तिलिजाले बताउनुभयो ।

३० जना स्थानीयवासीले समेत निर्माणमा रोजगारी पाएका छन् । लजमा आवश्यकपर्ने भौतिक निर्माणका साम्रगी खच्चड र स्थानीयवासीले बोकेर ढुवानी गरिरहेका छन् । लजमा शौचालयसहितको बाथरुम, सोलार, बैठक हल, डाइनिङसहित पूर्वाधार निर्माण भइरहेको खोप्रा, खयर क्षेत्रमा पूर्वाधार विस्तारमा सक्रिय क्याप्टेन राजु पुनले बताउनुभयो । पदमार्गमा रेलिङ, मर्मत, बस्ने टहरासहितका पूर्वधार विस्तारमा युकेमा रहेका शिखवासीको पहलमा रु एक करोड १५ लाख भन्दा धेरै लगानी भएको छ ।

समुद्री सतहबाट चार हजार ८०० मिटर उचाईमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन ठुलो मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...