त्यस्तो के पर्छ र किन सबै खोल्न तयार छन नेपाली नायिकाहरु ?



काठमाडौ । नेपाली चलचित्रमा जतिखेर पनि नाङगिन तयार हुने हिरोईनहरुको सूचि लामै बनिसकेको छ । कथाको डिमाण्ड भन्दै अन सिच्यूस्नेल नाङगिने हिरोईनहरुले पछिल्लो समयमा चर्चा र दाम त कमाए तर प्रोड्यूसर कंगाल भए पनि डाईरेक्टरको करियर नै डामा डोल बन्यो ।
पछिल्लो समयमा बनेको अश्लिल सिनेमाको माईलस्टोन चपली हाईटले पैसा कमाएको देखेर यस्ता सिनेमा बनाउनहरुको कलिउडमा बाढी नै आयो । एटीएम, विन्दासको श्रृखला, खेताला, नाईन वो क्लब, स्टार, किन किन, पलपल जस्ता दर्जनौ चलचित्र हरु यो प्रबृत्तिको उदाहरण हुन । अश्लिल चलचित्रहरुको कलिउडमा बाढी नै आए तर चपली हाईट र विन्दासको श्रृंखलाबाहेकका कुनै पनि सिनेमाले दर्शक जुटाउन सकेनन । यो सिनेमा सँगै आएका हिरोईनहरु जिया केसी, विनिता बराल, शुष्मा कार्की, सुमिना घिमिरे,मोनिका दाहाल,सोनिया केसी र सुभेच्छा थापा पनि नेपाली रजत पटमा आए जो खुल्लम खुल्ला जे पनि गर्न तयार देखिन्छ ।
उनीहरुका सिनेमा मात्र होईन । पत्रिकामा छापिएका अन्र्तवार्तामा सेक्स, सिनेमाको दृष्य, विवाह अघिको पुरुषसँगको सम्बन्ध जस्ता जवाफहरु परिवार सँगै बसेर पढन र सुन्न पसिना नै आउने खाल्का हुन्छन । पछिल्लो समयमा सुभेच्छा थापाले अभिनय गरेको मिस नेपालको पोस्टर र फोटोहरु जसरी सार्वजनिक भएका छन । त्यो लगभग नग्न नै छन । संयूक्त परिवारमा बस्ने र सधै एक अर्काको सम्मान गर्ने नेपाली समाजमा कसरी यस्तो छाडा खुल्लापन एकाएक भित्रयो त ? गंभिर अनुसन्धानको विषय बनेको छ ।
किन निर्धक्क कपडा खोल्छन हिरोईनहरु ?
नेपाली चलचित्र उद्योगमा अभिनय सिकेर पर्फेक्ट भएर आउने कलाकारहरु हातको औलामा गन्न सक्ने अवस्थामा छन । अहिले सिनेमालाई समान रुपान्तरणको माध्यम, चेतनाको माध्यम, आमसञ्चारको विशिष्ट रुप भन्दा पनि एक्सपोजर, मनोरञ्जन, रमाईलोको माध्यमको रुपमा हल्का रुपले लिदा पनि यस्तो अवस्था आएको हो ।
पछिल्लो समाय नेपाली चलचित्रमा आएका हिरोईनहरुमा अध्ययनको कमि छ । उनीहरु त्यती साह्रो पढे लेखेका छैनन र म्याच्योर्ड पनि छैनन । चलचित्र र मोडलिङ क्षेत्रमा आफ्नो करिअर बनाउन खोज्ने सबैको त नभनौ अधिकांशको अध्ययन अत्यन्तै कमजोर छ । रमाईलो गर्न रुचाउने कथित खुल्ला समाजका उनीहरुले अरु तिर आफ्नो क्यारिअर बनाउन नसकेपछि शरिर देखाएर, प्रोडुसरलाई आफ्नो रुप जालमा पारेर एनीहाउ फिल्म बनाउन लगाउँछन । यसरी बनाईएको सिनेमा केवल उनीहरुको रुप प्रचार गर्ने र अरुको पनि ध्यान आर्कषित गर्ने माध्यम मात्रै बन्ने गरेका छन । मोडलिङ क्षेत्रमा पनि त्यस्तै विकृति छ । मोडलिङको अन्तिम गन्तब्य सिनेमा भएकोले त्यो रोग यता पनि सरेका विश्लेषण गर्नेको पनि कमि छैन । अझै टिन एजका मोडलहरुहरु बढी हुनाले पनि उनीहरुमा दिर्घकालिन सोच नहुनु पनि यस्को कारण हो ।
गैर चलचित्र क्षेत्रका मानिसको आर्कषण, आमसञ्चार माध्यमको एक माध्यम भन्दा पनि एक्सपोजरको माध्यमको रुपमा लिईनु आदी जस्ता कारणले अहिले चलचित्रमा देखिन जे सुकै पनि कम्परमाईज गर्नेहरुको कमि छैन । यूवतीहरु सिनेमामा आउन सबै खाल्को सम्झौता गर्न तयार छन भने अर्को तर्फ पैसा भएका तर सिनेमाको सि समेतको जानकारी नपाएकाहरु नयाँ नयाँ यूवतीहरुसँगको सम्बन्धकोलागि पैसा खन्याउन तयार हुनेहरुका कारण स्तरीय सिनेमाको खडेरी सुरु भएको छ ।
तर उनीहरु पनि विस्तारै हराउँदै छन । यसको पछाडी नेपाली चलचित्रलाई रंगिन रात ठान्नेहरुको जमावडा नै हो । अभिनय नजान्ने सेक्स पस्कन नहिच्काउनेहरुले गर्दा पनि यस्तो अवस्था आएको हो ।
नेपाली चलचित्रको ईतिहास त्यती लामो छैन । २००८ सालमा भारतको कोलकाताबाट नेपाली भाषाको पहिलो चलचित्रको रुपमा सत्य हरिशचन्द्र को निर्माण भए पछि नेपाली भाषाको चलचित्रको सुरुवात भएको मानिन्छ । दर्शकलाई सत्यता सिकाउने सो चलचित्र पछि नेपालमै भने २०२१ सालमा नेपाल सरकार सूचना विभागले आमा चलचित्रको निर्माण गर्यो नेपाली भाषा चलचित्र नेपालमै बनेको यो पहिलो फिल्म हो । यसमा पनि आमाप्रतिको सम्मान र कर्तब्य बोध गराउने प्रयास गरिएको थियो ।
त्यसपछि २०२३ सालमा माईतीघर, २०२४ सालमा फेरि सरकारले हिजो आज भोली, २०२८ सालमा मनको बाँधको निर्माण भयो, सो समय नेपालमा श्याम श्वेत चलचित्रको यूग थियो । यी सिनेमाहरुले पनि नेपाली समाजका यथार्थलाई उजागर गर्दै दर्शकमा सदचार र परम्परालाई नै पस्केका थिए । पहिलो रंगिन चलचित्रको रुपमा २०३४ सालमा कुमारी फिल्मको निर्माण भयो । त्यसैगरी २०३७ सालमा सिन्दुर, जिवन रेखा जस्ता चर्चित फिल्महरुको निर्माण भए । त्यसपछि नेपाली सिनेमा पनि ब्यवसायीक रुपमै निर्माण हुन थाले त्यसबेला कुसुमेरुमाल, कान्छी, सम्झना, लाहुरे, पच्चिस बसन्त, जस्ता ब्यवसायीकरुपमा सफल चलचित्रहरु निर्माण भए । जसले बनाएको रेकर्ड अझै तोडिन सकेको छैन । त्यो सँगै बलिदान र दक्षिणा जस्ता कलात्मक सफल सिनेमाहरु पनि निर्माण भए ।
नेपाली चलचित्रको ईतिहास सँधै सकारात्मक सन्देश दिने, विकृति, विशंगती, अन्धविश्वास र समाजमा हुने दमन थिचोमिचो विरुद्धको सामाजिक सन्देश दिने खालका थिए । जुन विषयबस्तुहरु नेपाली समाजको आफ्नै कथा भएकोले होला । नेपाली दर्शकहरु नेपाली सिनेमालाई कुरेर बस्ने गर्दथे । कलायूक्त यो काललाई नेपाली चलचित्रको स्वर्ण काल मानिन्छ ।
चलचित्रको विकासको क्रममा प्रजातन्त्रको पुर्नस्थापनपछि नेपाली चलचित्रले उद्योगको रुप लियो तर यो संगै यस क्षेत्रमा भित्रिएको विकृतिले अहिले नेपाली सिनेमा नेपाली दर्शककै लागि असामाजिक विषय बन्न पुगेको छ । ब्यवसायको नाममा अश्लिताले प्रशय पाउँदा अहिले नेपाली चलचित्र श्रीमान श्रीमतीले पनि सँगै हेर्न नसक्ने अवस्थामा पुगेको छ । नेपाली समाजलाई चलचित्रको मार्फत रुपान्तरण गर्दै लैजाने सरकारी प्रयास स्वरुप सुरु भएको नेपाली चलचित्र क्षेत्र कलिउड अहिले विकृत बनेको छ । प्रजातन्त्र र खुल्ला समाजको बहस गरेर मात्रै नेपाली समाजको मुल्य मान्यतालाई विकृत बनाउन पाईदैन । यस विषयमा सम्बन्धीत निकाय गंभिर हुन आवश्यक छ । अन्यथा यस्तो दिन पनि आउने छ नेपालमा नेपाली सिनेमाकोलागि दर्शक घर घरमा गएर खोज्नु पर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
मनसुनमा लुगाहरूको सम्पूर्ण समाधान-माइडिया फ्रन्ट लोड वासर ड्रायर

    के तपाईंलाइ मनसुनको समयमा लुगाहरू सुकाउन समस्या भइरहेको छ, वर्ल्ड नम्बरवान

ग्लोबल आइएमई बैंक र नास–आईटी बिच दिगो साझेदारीसम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी

पानी पर्ने मौसममा सि.जीको वासर एण्ड डाइयर वासिङ मेसिन लाभदायक

      वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र

भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : महामन्त्री शर्मा

  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले