सरकारले भन्यो- रामदेव बाबाका ओखती प्रयोग नगर्नु



हाम्रो इकोनोमि

काठमाडौं । सरकारले योगगुरु बाबा रामदेवको कम्पनीले उत्पादन गर्ने औषधीलाई प्रतिबन्ध लगाएको छ ।

रामदेवकोे कम्पनी दिब्या फार्मेसीले उत्पादन गर्ने औषधी औषधी व्यवस्था विभागले बजार अनुगमन गर्दा न्यून गुणस्तरको पाइएको हुँदा औषधी फिर्ता गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य सेवा विभागले औषधी फिर्ताको बारेमा सार्वजनिक सूचना जारी गरेर दिब्या फार्मेसीले उत्पादन गरेको औषधी प्रयोग नगर्न भनेको छ ।

स्वास्थ्य सेवा विभागले दिब्या फार्मेसीबाट उत्पादन गरेका औषधिमा विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण र सितोपलादी चुर्णलाई प्रतिबन्ध लगाएको हो ।

विभागले औषधी ऐन २०३५ को दफा १४ अनुसार रामदेवको कम्पनीले उत्पादन गरेको कम्पनी प्रतिबन्ध लगाएको हो ।

रामदेवका केही उत्पादन पछिल्लो समय भारतमा गुणस्तरहिन भएको प्रमाणित भएको पाइएका छन् ।

दिब्या फार्मेसी रामदेवको कम्पनी हो । जसबाट आर्युवेद औषधीको उत्पादन हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...