कहिल्यै नगर्नुहोला यी १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन्



भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ । शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि क्षमा गर्दैनन् । यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ । तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नोक्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भावना राख्नु हुन्छ भने त्यो पापको श्रेणीमा गनिन्छ । शिव पुराणः सोचमार्फत गरिने पापः अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कुदृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पाप भएको शिव पुराणले बताउँछ । अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो । कुनै निर्दोष र निरपराध व्यक्तिलाई कष्ट दिनु, उनलाई हानी नोक्सानी पुर्याउनु वा धन–सम्पत्ति लुट्नु, ती व्यक्तिका लागि बाधा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् ।

प्रतिक्रिया दिनुहोस
क्यान्सर पुरुषभन्दा महिलामा बढी

  चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभा तथा ८ औं अधिवेसन सम्पन्न

    काठमाण्डौं उपत्यका भित्र रहेका फोटोग्राफरहरुको साझा संस्था काठमाण्डौ फोटोग्राफर संघको १५औं