एनआरएन अमेरिकामा रविना थापाको उम्मेदवारी



हाम्रो इकोनोमि

अमेरिका । एनआरएन अमेरिकाको निर्वाचन मिति तोकिएको छैन । तर संस्थाको नेतृत्वका लागि उम्मेदवारी घोषणा भने धमाधम हुन थालेको छ । अहिलेका उपाध्यक्ष रविना थापाले अध्यक्षमा आफ्नो उम्मेदवारी हुने घोषणापछि अमेरिकामा रहेका नेपालीहरु छलफलमा जुटेका छन् ।

‘चार उपाध्यक्षसहित २५ पदमा निर्वाचन हुनेछ,’ उपाध्यक्ष थापाले भनिन्, ‘करिब १४ हजार ८ सय सदस्यता टुंग्याउने काम हुँदैछ, त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ ।’

अमेरिकामा रहेका नेपालीका लागि एनआरएन नयाँ संस्था पनि हो । अमेरिकाका विभिन्न सहरमा नेपाली संस्था सञ्चालन गरेर बसेका नेपालीहरु पनि बिस्तारै एनआरएनमा आकर्षित हुँदै गएका छन् । ‘बाना’मा लामो समय काम गरेकी थापा दुई वर्षअघि एनआरएनको उपाध्यक्ष बनेकी हुन् ।

१६ वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा व्यापार व्यवसायमा संलग्न थापाले आफ्नो उम्मेदवारीबारे भनिन्, ‘अमेरिकामा सबैभन्दा बढी संगठित समुदाय नेपाली हो, तर अमेरिकी सरकारले नेपालीका लाग दिने सुविधाहरु कम छन्, यसपटक यसैलाई मुद्दा बनाएकी छु ।’

थापाले भनिन्, ‘नेपाली समुदाय अपराध मामिलामा शुन्य सहनशील नै देखिएका छन्, व्यापार व्यवसायमा लगनशील छन् । अमेरिका सरकारले ‘माइनोरिटी’ पनि राखेको छैन र सुविधा पनि अरुलाई जसरी दिएको छैन, यसपटक लोकल गभर्नरलाई पनि यही कुरा भनेका छौँ ।’

‘अमेरिका संसारका नागरिकलाई गन्तव्य भइरहेका बेला नेपालीका लागि पनि नहुने कुरै भएन,’ अध्यक्षका उम्मेदवार थापाले भनिन्, ‘यसपटक एनआरएनको अध्यक्षमा उम्मेदवारी दिँदा अमेरिकाले यहाँ रहेका नेपालीलाई दिनु पर्ने सुविधाका मुद्दा नै मेरो एजेन्डा हो ।’

प्रतिक्रिया दिनुहोस
इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...