एनआरएन अमेरिकामा रविना थापाको उम्मेदवारी



अमेरिका । एनआरएन अमेरिकाको निर्वाचन मिति तोकिएको छैन । तर संस्थाको नेतृत्वका लागि उम्मेदवारी घोषणा भने धमाधम हुन थालेको छ । अहिलेका उपाध्यक्ष रविना थापाले अध्यक्षमा आफ्नो उम्मेदवारी हुने घोषणापछि अमेरिकामा रहेका नेपालीहरु छलफलमा जुटेका छन् ।

‘चार उपाध्यक्षसहित २५ पदमा निर्वाचन हुनेछ,’ उपाध्यक्ष थापाले भनिन्, ‘करिब १४ हजार ८ सय सदस्यता टुंग्याउने काम हुँदैछ, त्यसपछि निर्वाचनको मिति घोषणा हुनेछ ।’

अमेरिकामा रहेका नेपालीका लागि एनआरएन नयाँ संस्था पनि हो । अमेरिकाका विभिन्न सहरमा नेपाली संस्था सञ्चालन गरेर बसेका नेपालीहरु पनि बिस्तारै एनआरएनमा आकर्षित हुँदै गएका छन् । ‘बाना’मा लामो समय काम गरेकी थापा दुई वर्षअघि एनआरएनको उपाध्यक्ष बनेकी हुन् ।

१६ वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा व्यापार व्यवसायमा संलग्न थापाले आफ्नो उम्मेदवारीबारे भनिन्, ‘अमेरिकामा सबैभन्दा बढी संगठित समुदाय नेपाली हो, तर अमेरिकी सरकारले नेपालीका लाग दिने सुविधाहरु कम छन्, यसपटक यसैलाई मुद्दा बनाएकी छु ।’

थापाले भनिन्, ‘नेपाली समुदाय अपराध मामिलामा शुन्य सहनशील नै देखिएका छन्, व्यापार व्यवसायमा लगनशील छन् । अमेरिका सरकारले ‘माइनोरिटी’ पनि राखेको छैन र सुविधा पनि अरुलाई जसरी दिएको छैन, यसपटक लोकल गभर्नरलाई पनि यही कुरा भनेका छौँ ।’

‘अमेरिका संसारका नागरिकलाई गन्तव्य भइरहेका बेला नेपालीका लागि पनि नहुने कुरै भएन,’ अध्यक्षका उम्मेदवार थापाले भनिन्, ‘यसपटक एनआरएनको अध्यक्षमा उम्मेदवारी दिँदा अमेरिकाले यहाँ रहेका नेपालीलाई दिनु पर्ने सुविधाका मुद्दा नै मेरो एजेन्डा हो ।’

प्रतिक्रिया दिनुहोस
‘गुगल’ले आज २५ औं वार्षिकोत्सव मनाउँदै

  ‘गुगल’ले आफ्नो सञ्चालनको २५ औं वार्षिकोत्सव मनाउँदैछ। गुगलले आज विशेष डुडलका साथ

मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

  एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी