११ जलविद्युत आयोजना निर्माण हुँदै



म्याग्दी । म्याग्दीमा ३ सय ८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।
विद्युत् विकास विभागका अनुसार १ सय ४४ मेगावाट क्षमताका सातओटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १ सय ६४ मेगावाट क्षमताका चार आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् ।

३ सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विभिन्न प्रवद्र्धक कम्पनीलाई अनुमति दिइएको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जानकारी दिए । २ सय ४२ मेगावाट क्षमताको आठओटा आयोजनाको सर्वेक्षणका लागि विभागमा निवेदन परेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन र विद्युत् खरीद विक्री सम्झौता गरेका आयोजनालाई निर्माणको अनुमति दिइएको उपमहानिर्देशक आचार्यले बताए । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणका लागि सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको छ ।

स्थानीय व्यापारी र सर्वसाधारणको लगानीमा घलेम्दी हाइड्रो लिमिटेडले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४ वर्षअघि निर्माण शुरू गरेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।
रोबष्ट इनर्जीले नारच्याङमै ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम तीव्र पारेको छ । अन्नपूर्ण गाउँपालिकाकै शिख घारमा म्याग्दी हाइड्रोपावरले ८.३ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ । वित्तीय स्रोत जुटाउन विभिन्न बैङ्कसँग सम्झौता भएको आयोजनाको पहुँचमार्ग, सुरुङ, बाँध र विद्युत्गृह निर्माणको काम शुरू गर्ने तयारी भएको कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।

धवलागिरि गाउँपालिकाको मुदीमा हाइड्रो इम्पाएरले २० मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण शुरू गरेको छ । यस्तै, धवलागिरि कालिका हाइड्रोले मालिका गाउँपालिकामा निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला आयोजना स्थानीय र प्रवद्र्धकबीचको लगानी विवादले अघि बढ्न सकेको छैन ।

विद्युत् विकास विभागले रिसर्च एण्ड डेभलपमेण्ट ग्रूपलाई चार मेगावाट क्षमताको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको अनुमति दिए पनि पर्यटकीयस्थल रुप्से झरना सङ्कटमा पर्ने भन्दै स्थानीयवासीले विरोधसमेत गरेका छन् । टुडी पावर कम्पनीले ४८ मेगावाटको अपर राहुघाट, नीलगिरि खोला हाइड्रोपावरले ३८ मेगावाटको नीलगिरि खोला, ट्रेडलिङ ग्लोबलले ७२ मेगावाटको अपर कालीगण्डकी र ह्युम कन्सल्टेण्टले ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको विभागले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिँदै

    नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

पानी जहाज सञ्चालन सम्बन्धी विधेयक संसदमा

    पानी जहाज सञ्चालन सम्बन्धी ऐन बनाइने भएको छ । यसका लागि

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च