अमेरिकामै राष्ट्रपति ट्रम्पको चर्को आलोचना



हाम्रो इकोनोमि

काठमाडौँ । पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अमेरिका भित्र र बाहिरबाट चर्का आलोचना भएका छन् ।

राष्ट्रपति ट्रम्पको पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग गर्ने निर्णयको अन्तर्राष्ट्रिय तहबाट व्यापक भत्र्सना भएकोे छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसका एक जना प्रवक्ताले हरित गृह उत्सर्जन कटौतीको विश्वव्यापी प्रयासमा अमेरिकी निर्णयले ठूलो निरासा थपेको प्रतिक्रिया दिएका छन् ।

युरोपेली संघ इयुले विश्वका लागि दुःखद दिन भन्दै आफू इतिहासको सही पानामा उभिएको र जलवायु परिवर्तनविरुद्ध लडिरहने जनाएका छन् । फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोंले विश्वव्यापी तापमान वृद्धिविरुद्ध लड्न अर्को वैकल्पिक योजना नरहेको टिप्पणी गरेका छन् । एउटा संयुक्त विज्ञप्ती जारी गर्दै जर्मनी, इटली र फ्रान्सले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पेरिस सम्झौताका बारेमा पुनः अर्को छलफल गर्न नसकिने चेतावनी दिएका छन्।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले अमेरिकी निर्णयप्रति असहमति जनाउँदै ब्रिटेन सम्झौताप्रति प्रतिबद्ध रहने बताएकी छन् । उनले प्यारिस सम्झौताले पृथ्वीको समृद्धि र भावी पुस्ताको भविष्य संरक्षणका लागि सही विश्वव्यापी प्रारुपहरु निर्धारण गरेको पनि उल्लेख गरेकी छन् ।

सन् २०१५ मा सम्झौताका लागि वार्ताहरु गरेका पूर्वराष्ट्रपति बराक ओबामाले ट्रम्प प्रशासनले भविष्यलाई अस्वीकार गरेको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकी राज्यहरु, सहरहरु र व्यावसायिक क्षेत्रहरुले अग्रसरता देखाउँदै पृथ्वीलाई जोगाउन नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...