काबुलमा आत्मघाती आक्रमण, मर्नेको संख्या ८० नाघ्यो



हाम्रो इकोनोमि

अफगानिस्तान । राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ८० को मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

समाचार संस्था एएफपीका अनुसार, स्थानीय समयअनुसार ८:३० बजे बुधबार बिहान जान्बाक स्क्वायरस्थित भएको आक्रमणमा परी महिला र बालबालिकासहित सयौं सर्वसाधारण घाइते भएका छन् । भारत, जर्मनी, अमेरिका र क्यानडालगायतको राजदूतावास अवस्थित रहेको बजीर अक्बार खान इलाकमा भएको यस ट्रकबम आक्रमणमा परी कम्ती ८० व्यक्तिको मृत्यु हुनको साथै अन्य ३ सय ५० भन्दा बढी घाइते भएका छन् ।

विस्फोट गराइएको यस इलाकामा धुँवाको मुस्लो र कैयौँ शवको थुप्रो लागेको अन्तरर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ । बिहानको व्यस्त समयमा भएको आत्मघाती बम आक्रमण राजदूतावास र महत्वपूर्ण सरकारी कार्यालयलगायत कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसमेत रहेको इलाकामा भएको छ ।

यस विस्फोटको कुनै पनि समूहले जिम्मेवारी भने लिएका छैनन् र तत्काल विस्फोट के कति कारणले गराइएको हो, प्रष्ट भएको छैन् ।

वसन्त क्रृतु्मा भीषण आक्रमण गर्ने भन्ने घोषणा गरेर बसेका र घोषणाको मध्य अवस्थामा रहेका तालिवान आतङ्ककारी समूहले ट्वीटरमार्फत यस आाक्रमणमा आफ्नु समूहको सहभागिता नभएको र यस आक्रमणको घोर निन्दासमेत गर्दै आफूहरु पन्छिएका छन् ।

भीषण आक्रमणमा परी ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएपछि विरलै मात्र आतङ्ककारी समूहले जिम्मा लिने गरेका छन् ।

यस्ता आक्रमण तालिवान र इस्लामिस्ट स्टेट्स (आइएस) समूहले गराउँदै आएको हुनाले यस आक्रमणमा पनि उनीहरुका हात रहेको अनुमान भने प्रहरीको रहेको छ । तस्बिर साभारः http://www.abc.net.au

प्रतिक्रिया दिनुहोस
एकै छानामुनि सबै ब्रान्ड, किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

    आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल...

नेपालीको चिसो साथी बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटर

  गर्मी मौसम सुरु भएसँगै हरेक नेपाली भान्सामा एउटै चिन्ता थपिन्छ— बिहान पकाएको...

आधुनिक सुविधासहित Godrej Visi Cooler नेपाली बजारमा

    व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर कायम राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने आवश्यकतालाई...

‘गीता मैत्री मिलन २०८३’ काठमाडौँमा सम्पन्न

  विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन,...