विदेशी जेलमा सड्दैछन् ३१८ नेपाली



काठमाडौँ । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३ सय १८ नेपाली नागरिक विदेशी जेलमा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि यो सङ्ख्यामा नेपाली नागरिक मृत्युदण्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको पाइएको हो ।

जेलमा रहेका नेपालीलाई हत्या, लागुऔषध प्रयोग तथा कारोबार, मानव तस्करी, चोरी, ठगी, बलात्कार, मादक पदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।

नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुने विश्वका विभिन्न ३२ वटा राष्ट्रमा उल्लिखित सङ्ख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुङ्गानाले जानकारी दिए ।

राससका अनुसार, जेलमा रहेका नागरिकमध्ये १७ लाई मृत्युदण्ड र ४३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ भने २ सय ३९ लाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

यस्तै, थप १४ जनालाई मृत्युदण्ड र तीन जनालाई जन्मकैद हुन सक्नेगरी ती देशमा मुद्दा चलाइएको छ । मलेसियामा विभिन्न घर फिर्ती केन्द्रमा सामान्य अभियोगमा थुनामा रहेका नागरिकको सङ्ख्या मात्रै करिब पाँचसयको हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमा समेत नेपाली नागरिक थुनामा रहने गरेका छन् ।

सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, सिङ्गापुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
बेकोको दशैँ तिहार लक्षित ४१४००- सम्मको छुट

  युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेको ले दशैं तिहारमा  BRING

दशैं विशेष अफर: क्रम्पटनको ‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना

    छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटन आधिकारिक बिक्रेता सीजी

माइडियाको दशैं अफर: “BUY. WIN. FLY” थाइल्यान्ड टूर

    वर्ल्ड नम्बरवान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सलेले दशैं,

दशैमा सि.जीको १० सुनको सिक्का जित्ने अफर

  नेपालको अग्रणी ब्राण्ड सि.जी. स्मार्ट डोमेस्टिक एप्लायन्स एस डि ए ले दशैँ,