ठुला पार्टीका अध्यक्षकै जिल्लामा लफडा,आठ स्थानको मतगणना अझै सुरु भएन



पहिलो चरणको निर्वाचनमा जस्तै मतगणना अवरोध गर्ने कार्यले दोश्रो चरणमा पनि निरन्तरता पाएको छ। झापाको दमक नगरपालिकामा मतगणनाका क्रममा भएको विवाद मतगणना स्थगीतसम्म पुगेको छ। जुन एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला पनि हो,त्यति मात्र होइन ओली त्यहि क्षेत्र बाट निर्वाचित भएका हुन्।पहिलो चरणको चुनाबको मत गन्दाको चितवनको लफडा अदालत सम्म पुगेको छ,त्यो माओबादी अध्यक्ष प्रचण्डको जिल्ला हो ।

दमकमा एमाले बाहेकका राजनीतिक दलहरुले मतगणना बहिष्कार गरेका छन्। बहिष्कार गर्नेहरुले मतगणनामा खटिएका गणकहरु आफु अनुकुल उमेदवारलाई जिताउन लागिपरेको आरोप लगाएका छन्।
उनीहरुले विरोधका क्रममा निर्वाचन आयोगका अधिकारीविरुद्ध नाराबाजीसमेत गरेका थिए। उनीहरुले पत्रकार र उमेदवारलाई मतगणनास्थलको वरिपरीसमेत जान नदिनु शंकास्पद भएको बताएका छन्।
विवादको शुरुवात भने निर्वाचन अधिकृतले वडा नम्बर १ को वडाध्यक्षको मत बराबरी आएको जानकारी दिएपछि भएको थियो। राप्रपा समर्थकले आफ्नो उमेदवार तारा अधिकारी विजयी भएको दावी गरेका छन्। अवस्था तनावपूर्ण हुने भएपछि अहिले मतगणनास्थल वरपर व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

उता बझाङको सुर्मा गाउँपालिका—२ को मतगणना स्थगीत भएको छ। मतपत्रमा स्वस्तिक छाप दुईपटक लागेको र छापको घेरा नदेखिएको भन्दै बिहिवारदेखि जारी विवादका कारण मतगणना रोकिएको हो।

यस्तै, जयपृथ्वी नगरपालिका—५ मा विहिवार बेलुका एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि हातपात गरेका थिए। कांग्रेस कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको भन्दै एमाले कार्यकर्ताले आक्रमण गरेका हुन्। आक्रमणका कारण दुवै पक्षका ३, ३ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ। घाइतेलाई उपचारका लागि सदरमुकाम चैनपुरको लगिथएको छ।

अछामको साँफेबगर र चौरपाटीमा अझै विवाद, रामारोशनमा झडप

अछामको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन। कांग्रेस—माओवादी गठबन्धन र एमाले बिचको विवादका कारण मतगणना शुरु हुन नसकेको हो। मतदानकै दिनबाट यी दुई स्थानमा विवाद देखा परेको थियो।

कांग्रेस–माओवादी गठबन्धनले एमालेले बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गरिरहेको छ। उता एमालेले भने साँफेबगर नगरपालिकाको रिडिकोटमा नेपाली कांग्रेसले नै बुथ कब्जा गरेको बताइरहेको छ।
शुक्रबार दिउँसो अछामकै रामारोशन गाउँपालिकामा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप भएको छ। झडपमा परी तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ। माओवादी केन्द्रले रामारोशन—१ मलातिकोटमा वडा अध्यक्षसहित प्यानलै विजयी भएपछि एमाले कार्यकर्ताले ढुंगामुढा गरेको आरोप लगाएको छ।
यस्तै, जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा पनि माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी ५ जना घाइते भएका छन्।

१४ गते सम्पन्न चुनाबको नतिजा धेरै तिर बाट आउने क्रम सुरु भएको छ तर निर्वाचन आयेगले दिएको जानकारी अनुसार ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको १/१ तह र अछामको २ तह गरी ८ स्थानीय तहमा मत गणना कार्य अझै सुरु हुन सकेको छैन ।
ताप्लेजुङको एक स्थानमा मतपेटिका आउन बाँकी रहेको र अन्य जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाई भएको निर्वाचन आयोगले जानकारी दिएको छ । चीनसंग सिमा जोडिएको ठाउँ बाट मतपेटिका ल्याउदा ताप्लेजुंगमा ढिलो भएको हो।

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय