अफगानिस्तानमा १५ तालिबान मारिए



हाम्रो इकोनोमि

काबुल । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानमा लक्षित गरी अफगान हवाई सेनाले गरेको कारबाहीमा परी कम्तीमा १५ जना तालिबान आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शुक्रबार बिहान भएको सेनाको कारबहीका क्रममा ती तालिबान मारिएका जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सैनिकको एडी–५३० हेलिकोप्टरले टिरिन कोटकोे प्रान्तीय राजधानी उरुज्गानको मिर आबाद इलाकामा बिहीबार गरेको हवाई आक्रमण ती आतङ्ककारी मारिएका बताइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट ३७० किलोमीटर उत्तरमा पर्ने यस इलाकामा भएको सो आक्रमणमा परी पाँच वटा कार छ वटा मोटरसाइकल र चार वटा मेसिन गन ध्वस्त भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगान सुरक्षाबलले पछिल्ला दिनमा तालिबान आतङ्ककारी विरुद्ध देशभरी कारबाही सुरु गरेको छ । सोही स्थानमा गतहप्ता मात्र पनि यस्तै कारबाही भएको थियो र त्यसमा परी कैयौँ मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस
दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किमा भेटवार्ता

  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती...

कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...