१६ सय मेगावाट जलबिधुत् उत्पादन कार्य अगाडि बढाइदै



काठमाडौ । जलविद्युत लगानी तथा विकास कम्पनीले आगामी आर्थिक वर्षदेखि साढे १६ सय मेगावाटका जलविद्युत आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्ने योजना बनाएको छ । वित्तीय अवस्था दरिलो बनाउने लक्ष्यले योजना अघि बढाएको हो ।

कम्पनीले तयार गरिरहेको पाँच वर्षे योजनामा पनि यसलाई समेटिएको छ । निजी क्षेत्रका करिब साढे ६ सय र सरकारको लगानी हुने हजार मेगावाटका आयोजनामा इक्विटी लगानी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । ‘विद्युत उत्पादन कम्पनीले अनुमतिपत्र लिने तयारी गरेको जगदुल्ला, बेतन कर्णालीलगायत आयोजनामा लगानी हुनेछ,’ उनले भने, ‘हिजो ऋणमा मात्र जोड दिइएको थियो । अब ऋण र इक्विटी दुवैमा लगानी बढाउने हो ।’ यसो हुँदा कम्पनी आर्थिकरूपले सक्षम बन्दै जाने उनले बताए ।

कम्पनीका अनुसार निजामति कर्मचारीको लगानीमा निर्माण हुने ५ सय ६४ मेगावाटको फूकोट कर्णालीमा १५ प्रतिशत इक्विटी हुनेछ । यो सेना, प्रहरी, शिक्षक र निजामति कर्मचारीको तलबको केही हिस्सा कटौती गरेर लगानी गर्ने सरकारको योजना छ । यसैगरी, रेमिट हाइड्रो सहायक कम्पनी स्थापना गरेर घुन्सा र सिम्बुवामा लगानी गरेको छ । यी दुई आयोजनामा कम्पनीको करिब ५१ प्रतिशत इक्विटी हुने पोखरेलले बताए । कम्पनीले अहिलेसम्म पावर ट्रान्समिसन, विद्युत उत्पादन, नेपाल पावर टे«डिङ, र नेपाल विद्युत प्राधिकरण इन्जिनियरिङ कम्पनीमा इक्विटी लगानी छ ।

ऋण लगानीतर्फ अहिलेसम्म करिब ५ सय मेगावाटका १३ आयोजनामा ५ अर्ब रुपैयाँबराबरको वित्तीय सम्झौता भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर आयोजनामा लगानी भएको उनले बताए । कम्पनीले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएफसी) सँग सहकार्य गरेर ३७.६ मेगावाटको काबेली ‘ए’मा पनि लगानी गरेको छ । कम्पनीका अनुसार अहिले लगानीका लागि ७ आयोजनाको प्रस्ताव आएको छ । यसबारे अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

ट्यांकर चालक संघ र सरकारबीच सहमति

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मकरूपमा टुंगिएको छ

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

    काठमाडौंका पेट्रोल पम्पहरू बन्द गरिएको छ । हिजो साँझबाटै पेट्रोल अभाव

मकवानपुर थानाभर्‍याङको तेस्रो ठूलो सबस्टेसन सञ्चालनमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका