१६ सय मेगावाट जलबिधुत् उत्पादन कार्य अगाडि बढाइदै



हाम्रो इकोनोमि

काठमाडौ । जलविद्युत लगानी तथा विकास कम्पनीले आगामी आर्थिक वर्षदेखि साढे १६ सय मेगावाटका जलविद्युत आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्ने योजना बनाएको छ । वित्तीय अवस्था दरिलो बनाउने लक्ष्यले योजना अघि बढाएको हो ।

कम्पनीले तयार गरिरहेको पाँच वर्षे योजनामा पनि यसलाई समेटिएको छ । निजी क्षेत्रका करिब साढे ६ सय र सरकारको लगानी हुने हजार मेगावाटका आयोजनामा इक्विटी लगानी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । ‘विद्युत उत्पादन कम्पनीले अनुमतिपत्र लिने तयारी गरेको जगदुल्ला, बेतन कर्णालीलगायत आयोजनामा लगानी हुनेछ,’ उनले भने, ‘हिजो ऋणमा मात्र जोड दिइएको थियो । अब ऋण र इक्विटी दुवैमा लगानी बढाउने हो ।’ यसो हुँदा कम्पनी आर्थिकरूपले सक्षम बन्दै जाने उनले बताए ।

कम्पनीका अनुसार निजामति कर्मचारीको लगानीमा निर्माण हुने ५ सय ६४ मेगावाटको फूकोट कर्णालीमा १५ प्रतिशत इक्विटी हुनेछ । यो सेना, प्रहरी, शिक्षक र निजामति कर्मचारीको तलबको केही हिस्सा कटौती गरेर लगानी गर्ने सरकारको योजना छ । यसैगरी, रेमिट हाइड्रो सहायक कम्पनी स्थापना गरेर घुन्सा र सिम्बुवामा लगानी गरेको छ । यी दुई आयोजनामा कम्पनीको करिब ५१ प्रतिशत इक्विटी हुने पोखरेलले बताए । कम्पनीले अहिलेसम्म पावर ट्रान्समिसन, विद्युत उत्पादन, नेपाल पावर टे«डिङ, र नेपाल विद्युत प्राधिकरण इन्जिनियरिङ कम्पनीमा इक्विटी लगानी छ ।

ऋण लगानीतर्फ अहिलेसम्म करिब ५ सय मेगावाटका १३ आयोजनामा ५ अर्ब रुपैयाँबराबरको वित्तीय सम्झौता भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरेर आयोजनामा लगानी भएको उनले बताए । कम्पनीले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएफसी) सँग सहकार्य गरेर ३७.६ मेगावाटको काबेली ‘ए’मा पनि लगानी गरेको छ । कम्पनीका अनुसार अहिले लगानीका लागि ७ आयोजनाको प्रस्ताव आएको छ । यसबारे अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...